नेपाली लोक गीत सङ्गीतमा धेरै समय देखी लाग्दै आएका मेल्बोर्न निबासी माधव न्यौपानेले ठट्यौली पाराको भाका ढुकुर ढकुर्नी नेपाली साङ्गीतिक आकाशमा लिएर आएका छन्। ठट्यौली शैलीमा गायिएको सो गीतमा स्वर,शव्द अनि सङ्गीत आफै माधव न्यौपानेको रहेको छ।बरदान डिजीटलले बजारमा ल्याएको ढुकुर ढुकुर्नी कुमार केसीले निर्देशन गरेका हुन्।केही हप्ता अघि मात्र देवी घर्तीको साथमा स्वयम् माधव न्यौपाने द्वारा स्वर बद्द वनको न्याउली बजारमा आएको थियो।