काठमाडौं -काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका ३ सय ७२ जना, ललितपुरका १२ जना र भक्तपुरमा ४५ जना छन्।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। शनिबार उपत्यकामा एक सय ८६ जनामा कोरोना संक्रमित थपिएका थिए।