eNepal

नेपाल फेस्टीभल मेल्बोर्न २०१६:जस्तो देखे त्यस्तै लेखे।

आयो आयो भन्दा भन्दै मेल्बोर्नमा बस्ने तमाम् नेपालीहरुको यो बर्षको तेस्रो ठुलो महान चाड नेपाल फेस्टीभल मेल्बोर्न कन्दराको बिदेशीनु लेखीयो कर्मैमा भाला रोपी नमर मर्मैमा मेल्बोर्न पोखरा निर्मोही आफ्नोको छ र भन्ने मर्म स्पर्सी गीतसँगै हामी माँझबाट बिदा भएको छ अवको दुई बर्षको लागि।पक्कै पनि यो पर्बले नेपालीहरुको छात्ती फराकिलो भएको छ, शिर ठाडो बनाई दिएको छ।मेल्बोर्नको मुख्य केन्द्र बिन्दु फेडरेसन स्कायरमा फहराईएको चन्द्र सुर्य अङ्कित झन्डाले नेपाली हुनुमा गौरबको महसुस दिलायो, त्यसमा कुनै दोमननै छैन।

करिब बिहान ११:०० स्टेट लाईबेरीबाट शुरु भएको परेड,मेल्बोर्नका मुख्य बजारहरु हुँदै करिव १२:३०मा फेडरेसन स्कायरमा पुगेको थियो।आआफ्ना भेषभुषामा सजिएका नेपालीहरु भित्रको अनेकतामा एकताको भाव त्यो परेडमा प्रस्ट देखिन्थ्यो। आ आफ्ना कला,जात ,धर्म ,सँस्कृती अनि परम्परा झल्किने पोसाकमा ठाटीएर भगवान बुद्दलाई साथमा लिएर हिड्दा हामी भित्रको नेपालीत्वको महसुस हुन्थ्यो। पन्चे बाजाको तालमा दोहोरी हुदै गर्दा नेपाली बालन भजनले अझ रौनकता थपिदीएको थियो।त्यही भिडमा सोय ढोले सोय गर्दै दाजु भाईहरु डमरुको तालमा चन्डी नाँच्दै हिड्दै हुनुहुन्थ्यो भने बिच बिचमा मादलको तालमा नेपाली झ्याउरे लोक गीतहरु गाउँदै हिड्दा कसैलाईनी परदेशको भएको महशुस भएको थिएन।

बहुसाँस्कृतीक अनि बहुभाषीक मुलुक अस्ट्रेलीयामा एकातीर अस्ट्रेलीयाको झन्डा अर्को तिर नेपालको झन्डा फर्फराउँदै लामबद्द भएर हिड्दा बाटामा भेटीने बिदेशी नागरीकहरुले फोटो अनि भीडीयो कैद गरेको मज्जाले देखिन्थ्यो।लाखे नाँच सबैको आँखाको केन्द्र बिन्दु बनेको देखिन्थ्यो।परेडको आधा बाटो पछि एनआरएनका अद्धक्ष सेष घले, भिक्टोरीयाका लागि अबैतानीक राजदुत चन्द्र योन्जन अनि नेपालबाट आउनु भएका माननिय पर्यटन मन्त्री जिवन बहादुर शाही परेडमा सम्मलित हुनु भयो।परेडको व्यबस्थापन नेप्लीज एशोसीयसन अफ भिक्टोरीया (न्याभ)ले गरेको थियो।

फेडरेसन स्कायरमा पुग्दा नेपाल फेस्टीभल हो कि एडुकेसन एक्सपो हो सबैलाई अलमल्लमा पारेको थियो।परेडले एकाएक त्यहाँको माहौल तताउन थिल्यो।बाजागाजा सहित भित्रीएको झाँकीसँग सँगै कार्यक्रमको शुरुवात भएको उद्घोष भयो।प्रमुख अतिथीहरुलाई गरिने सम्मान भयो।माहौललाई रमाईलो बनाई राख्न कार्यक्रम प्रस्तोताहरुले कहिले दर्शकहरुको छेउमा गएर माहौलको बारे जानकारी लिएको बडो रोमान्चीत देखीन्थ्यो।

केही समयपछि औपचारीक कार्यक्रमको शुरुवात भयो।सवै प्रमख अतिथीहरुले आफ्नो मन्तव्य राख्नु भयो।त्यहाँ मन्तब्य सुन्ने ब्यक्तीहरु ज्यादै न्युन थिए।रमाईलो माहौलमा कसलाई पो मन्तब्य सुन्ने जाँगर लाग्छ छ। कोही वरिपरी राखिएका स्टल तिर लागे भने कोही नेपाली परिकारको स्वाद लिन तर्फ लागे।सबैको नजर नेपाली घरले तानेको देखीन्थ्यो।आफ्नो मौलीकता बोकेको घरमा फोटो खिच्नेहरुको ताँतीनै थियो भने कन्सल्टेन्सीहरु बिधार्थीहरुलाई अफर अनि आईप्याडका सुनौला पोका झोलामा भिराउँदै पानीको बोतल दिनमा कस्साकस्सीका साथ लागि परेका थिए।

केहि क्षणको औपचारीक कार्यक्रम पछि बिभीन्न जात जाती अनि सँस्कृतीको प्रतीनिधी गर्दै हिमाल पहाड तराईका नाँचले सबैलाई पुन: मन्चतर्फ आकर्षीत बनायो।हिमालको सेर्पा नाँच देखी तराईको भोजपुरी नाँच, पहाडमा नाँचीने मारुनी देखी कौडा र फ्युजन नाँचले सबैको तालीको साथ पायो।उत्कृस्टमा नि सर्वोत्कृस्ट नाँच ईतीहाँस डान्स ठहरीयो।रिना प्रधानद्वारा कोरीयोग्राफी गरिएको शो नृत्यले सबै हेर्ने दर्शकको मन छोयो।पृथ्बी नारायण शाहको एकीकरण, अङ्गेजसँगको लडाई अनि गतसाल ढलेको धरहरालाई समेटेर गरिएको नृत्य यति सशक्त र बोजोड थियो कि हरेक नेपाली मनहरुले गर्वको महसुस पक्कै पनि गरेको हुनु पर्छ।प्रकृती श्रेस्ठको कोरीयोग्राफीमा भएको फेसन परेडपनि दर्शकहरुको रोजाईमा परेको थियो। फ्युजन भेषभुषामा सजिएका भाई बहिनीहरुलाई दर्शकहरुले ताली बजाएर निर्धक्क साथ दिएका थिए।

यति भईसक्दा समयले नेटो काट्नै लागेको देखिन्थ्यो। व्यबस्थापन अलिक तनाबमा देखीएको आभास हुन्थ्यो।नेपाल फेस्टीभलका मुख्य आकर्षणका रुपमा रहेका लोक गायक खुमन अधिकारी, गायीका रमिला न्यौपाने अनि सबैको लोकप्रीय कन्दराको व्यग्र प्रतीक्षामा रहेका हजारौ दर्शक उनिहरुको मन्चमा प्रबेश कुरी रहेका थिए। समयको अभाव भन्दै लोकल व्यान्डले उद्घोष गरी सकेको गीत पनि एकाएक व्यस्थापन पक्षबाट रोक्न लगाए पछि एकछिन सबै दर्शक ट्वाल्ल परेको देखिन्थ्यो।हतार हतारमा खुमन अधिकारीलाई मन्चमा बोलाईयो तर उनको म्युजीक ट्याक नबज्दा समय खेर गई रहेको थियो।केही समयको प्रयास पछि पनि ट्रयाक नबजे पछि खुमन अधिकारीले रमीला न्यौपानेलाई बोलाएर दोहोरी गाएको सबैले मनोरन्जन लिएका हरेका थिए। समयको अभाव जनाउँदै सबै गीत गाउन नपाएको दुखेसो दुबै लोक कलाकारहरुले गरेका थिए।
अन्तत: दर्शकहरुको लामो प्रतीक्षा पछि सबैको मनमा रहन सफल भएको नेपाली पोखरेली व्यान्ड मन्चमा आउँदा दर्शकहरुले ताली बजाएर स्वागत गरेका थिए।आफ्ना उत्कृस्ट गीतहरु तगारोमा रुमाल राखी, लेककी ए मायाँ लगाएत गोपाल योन्जनमा समर्पीत नेपाली हुनु पुर्व जन्मको कमाईले पुग्दैन बोलको गीतले सबै नेपालीहरुको मन छोयोको थियो।

समग्रमा एनआरएनए अस्ट्र्लीयाले एनआरएनए भिक्टोरीया, कन्सुलट जेनरल भिक्टोरीया, नेपाली राजदुताबास अनि स्थानीय बिभीन्न सँघ सँस्थाहरुको सहकार्यमा आयोजना गरेको नेपाल फेस्टीभल मेल्बोर्न २०१६ केही त्रुटीहरुको बावजुद पनि भव्य रुपमा सफल भएको छ।एनआरएनए भिक्टोरीया एवम् नेपाल फेस्टीभल मेल्बोर्न २०१६ कोअडीनेटर केशव कन्डेल लगाएत यस कार्यक्रमसँग आवद्द सबै महानुभावलाई  ईनेपाल (ईभेन्ट साझेदारीको) हैसीयतले धेरै बधाई दिन चाहन्छ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal