eNepal

गैर-आवासिय नेपाली संघको चुनौती देखि नभागौं, सामना गरौं र समाधान निकालौं

बिश्वभरि छरिएर रहेका सबै नेपालीहरुको बिश्वासिलो छाता संगठनको रुपमा गैर-आवासिय नेपाली संघ (NRNA)लाई बिकसित गर्ने मनसायले गैर-आवासिय नेपाली संघ (NRNA) खोलिएको पनि करिब एक बिस पुग्न लागेको छ । जीव मात्रै नभएर जुनसुकै संगठनपनि चार्ल्स डार्विनको सिध्दान्त अनुसार बिकसित (evolve) हुँदै अगाडि बढ्नु पर्दछ यदि समयानुकुल परिमार्जित हुँदै बिकसित हुन सकेन भने सो संगठन क्षयिकरण हुँदै बिसर्जनको बाटोमा जान्छ  र बिघटन हुन्छ । यो संगठन लाई समयानुकुल बिकसित गर्न बिगतका केहिनेतृत्वले काम नगरेको भए ऐले यो संस्था बिश्वका ८० भन्दा बढी देशमा करिब ७८ हजारको हाराहारीमा सदस्य हुने अबस्था आउने थिएन। ज-जसको सत्कर्मको कारण  NRNA यहाँ सम्म आईपुग्यो, सबैलाई सादर नमन गर्न चाहन्छु ! 

यस पटक NRNAको केन्द्रिय नेतृत्व अन्तराष्ट्रिय समन्वय परिषद (ICC) ले संस्था भित्र आधारभूत परिवर्तन गर्न केहि महत्वपूर्ण एजेण्डाहरु अगाडि सारेर बहस चलाएको छ । हेक्का रहोस् कुनै एजेण्डामा बहस चलाउनु र त्यसको सबै सरोकारवालाहरु सँग परामर्श रसुक्ष्म अध्ययन गरि गुण र दोष को आधारमा निरपेक्ष बनेर संस्थाको हितमा निर्णय गर्नु एबम् निर्णयको कार्यान्वयन गराउनु अर्को कुरा हो। संघको भविश्यलाई दूरगामी असर गर्ने यस्ता एजेण्डाहरुको हतार नगरि सुक्ष्म अध्ययन गरेर साधारण सभामा फलफल गरि अगाडि बढाउनु पर्दछ । ऐलेको नेतृत्व त्यसै कुराको बाटोमा हिडेको भान हुन्छ तर गत अगस्त २२ तारिख बसेको अन्तराष्ट्रिय समन्वय परिषदको मिटिङ् अगावै संघका जिम्मेवार ब्यक्ति संलग्न एक अनलाईन पत्रिका मार्फत ति एजेण्डाहरुमा निर्णय भयो भन्ने आसयको समाचार प्रकाशित हुनाले निरपेक्ष निर्णय हुनेमा शंका र दुबिधा बढेको पनि छ । 

गत अक्टोबरमा सम्पन्न संघको अन्तराष्ट्रिय सम्मेलन र निर्वाचनको थिति हेर्दा NRNA भित्र परिवर्तन (Change) हैन रुपान्तरण (transformation) को खाँचो देखिन्छ। त्यो खाँचो त्यति वेला पूरा हुन्छ जतिबेला रुपन्तरणकारी एजेण्डाहरुमा सबै पक्षलाई (हुन्छ भन्ने, हुन्न भन्ने र तटस्थ) लाई एजेण्डाको महत्व (gravity) बुझाई निर्णय र कार्यान्वयन गरिन्छ ।

गैर-आवासिय नेपाली संघको रुपान्नतरण किन आवश्यक छ भन्ने कुराको पुस्टि गर्न मैले तल केहि प्रतिनिधि घटना प्रस्तुत गर्न चाहन्छु ।

सन् २०१९मा सम्पन्न NRNA ICCको निर्वाचन छेक केहि मुद्दामा बहस चलाउन मन लागेर मैले केहि लेखें र मेरो एक मित्र (ऊ र म २०४२साल देखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा करिब सँगै छौ) जसले नेपाली पत्रिकाहरुमा समेत लेख्ने गर्दछ र देश बाहिर बस्दछ लाई“यो लेख हेरेर सम्पादन गर्दे त” भनेर पठाएँ, जवाफमा उस्ले भन्यो, “ फलानाको दाईले मनि लङ्ड्रिङ्ग गरि सक्यो, अब NRNAको औचित्य सक्किई सक्यो !” म नाजवाफ भएँ ।

त्यसै छेक त्यतै बस्ने पूर्वतिरको सामाजिक संजाल मार्फत चिनजान भएको एकजना भई सँग कुरा भयो, “ल है यसपाली काठमाण्डू आऊनू, त्यतै भेट्नु पर्छ” उसले जवाफ दियो, “दाई म NRNAको सदस्यनै बनिन किनकि यिनिहरुलाई मैले मेरा सारा दस्ताबेजहरु बुझाउनु पर्ने रे । यिनीहरुले मेरा दस्ताबेजहरु सुरक्षित राख्छन् भन्ने बिश्वास लागेन र सदस्य बनिन !” उनलाई पनि मैले जवाफ फर्काउनसकिन ।

काठमाण्डौमा चुनावको रौनक थियो, मतदानको केहि घण्टा अगाडि सम्म पनि मतदाता नामावली फेर बदल भैरहेको हल्ला थियो । जब अन्तिम नाम प्रकाशन भयो, त्यहाँ साहै तनावको वाताबरण सृजना भयो र हानाहान पनि भयो भन्ने सुनियो, तर म चै त्यो घटनाको साक्षीहैन । 

त्यसै दिन झमक्क साँझ परे पछि पनि मतदाताको लाईन लामै थियो । त्यस भन्दा अगाडि सम्मेलन स्थलमा नदेखिएका बस का बस‘मतदाता’ हरु झरेर एकाएक लाईन लागे, उनिहरुको ठेकेदारले उनिहरिलाई एउटा चिट देखियो, सबैले सो चिट आ-आफ्नो मुठ्ठीमा राखे। 

साथीभाई भेटघाट गर्दै म यता उता डुल्दै थिएँ, गाउँको एकजना भाईले पाखुरामा समाएर छेउतिर लग्यो र भन्यो, “दाई हामी १५ जना छौ, होटेलको चार्ज ६० हजार जति आयो, तपाईले फलाना ऊमेदवारलाई भनेर पैसा माग्दिन परो, सबैले उसैलाई भोट हाल्छौ !” म अचम्म मान्दै सोधें, “त्यस्तो नि हुन्छ र ?” उसले “हुन्छ नि दाई” भन्यो । मैले “ए…” भन्दै हिडें, तर मैले ति उमेदवार सँग न त उसले माग गरे अनुसार कुरा गरें, न त उसलाई पुन: भेटें । उनिहरुले उसलाई भोट हाले कि हालेनन् मलाई थाहा भएन । पछि सुनें, उमेदवारहरुले झोलाका झोला पैसा बाँडे रे, सार्बजनिक स्थानमै बसेर चेक काटेर दिए रे, मन मनै धिक्कारें, आफैलाई । 

माथि भनिएका घटनाहरुले NRNA कुन दिशामा जाँदैछ भनेर सजिलै अनुमान गर्न सकिन्छ । यसको रोकथाम हामी सबैको दायित्व होईनर? समय नघर्किंदै सोचौ होईन भने चाँडै नै हामी यस संस्थाको अन्तराष्ट्रिय समन्वय परिषद देखि राज्य स्तरिय समिति र साधारण सदस्यसम्मका अभियान्ताहरु “भूपू” अध्यक्ष वा महासचिव वा सदस्य हुन तयार छौ भन्ने बुझौ । के यस्तै खाले समस्याहरु को समाधान खातिरहाल NRNA ICC ले तलका एजेण्डाहरुमा छलफल चलाएको हो ? यदि हो भने नेतृत्वले सबै सरोकारवालाहरुलाई बिश्वासमा लिएरनिर्णय गर्न र निर्णय लागु गराउने तर्फ सोचोस् भन्ने अनुरोध छ ।

छलफल चलाईएको एजेण्डाहरु:

१) $0 सदस्यता शुल्क, $0 प्रतिनिधि शुल्क ।

२) प्रतिनिधि छनौटको न्यायिक र पारदर्शि प्रकृया ।

३) अनलाईन भोटिङ्ग ।

४) सूचना ब्यबस्थापन प्रणाली (MIS)

१) $0 सदस्यता शुल्क, $0 अधिवेशन प्रतिनिधि शुल्क 

NRNA ICC महासचिबका अनुसार संसारभर रहेको नेपाली मध्ये जम्मा १.२५% को हाराहारीमा मात्र यस  संगठनको सदस्य छन् । तरबिभिन्न तथ्यांकहरु केलाउँदा यो तथ्य १% वा त्यो भन्दा पनि तल रहने अनुमान छ । यसको मतलव गैर-आवासिय नेपाली संघ बिदेशमारहेका नेपालीहरुको छाता संस्था  हुनको लागि धेरै गर्न बाँकि छ । त्यस माथि नेतृत्व चयनमा सदस्यहरुको प्रतिनिधित्व र सहभागिताको कुरा गर्ने हो भने त जनसंख्याको ०.०४% को हाराहारी छ । ति नगन्य प्रतिशतले चुनेको नेतृत्वले कसरी आम डायस्पोराको प्रतिनिधित्वगर्न सक्छ ? कसरी त्यो आम डायस्पोराले यो नेतृत्वलाई आफ्नो प्रतिनिधि मान्न सक्छ? 

तसर्थ $0 सदस्यता शुल्कले आम नेपाली समुदायमा स्वत:स्फुर्त रुपमा यो संस्थामा सदस्य संख्या बढ्ने छ । यस बाट गैर-आवासिय नेपाली संघ मेरो संस्था हो र मैले मेरो नेता आफै चुन्न पाउनु पर्छ भन्ने जागरण आउन सक्दछ । $0 सदस्यता शुल्कको कारण संस्थामा सदस्यहरुको (ठूलो) ब्यापक सहभागिता हुने र यसले नेतृत्व चयनमा समेत आमूल परिवर्तन गर्न सक्नेछ । यहाँ नेर हमेशा एउटा तर्क आउँछ, के त्यी नेपालीहरु  सदस्यता शुल्क नभएर सदस्य नबनेका हुन् त? हैन भने, उनीहरुलाई सदस्यता लिन कस्ले किन रोक्यो त? पक्कै पनि यि प्रश्नको उत्तर सजिलो छैन न त एउटै समाधानले यो समस्या सुल्झिन्छ तर $0 सदस्यता शुल्क र ICCको सबै  पदहरुमा प्रत्यक्ष निर्वाचनले  NRNAमा आम सहभागिता हुने र मतदानको लागि सदस्यता बन्ने बनाउने क्रममा हुने आर्थिक चलखेल नहुने देखिन्छ। 

नि:सन्देह $0 सदस्यता शुल्कको  वित्तिय मात्र नभई बहु-आयामिक असर हुने छ । यस मुद्दालाई NRNAको वित्तिय श्रोतको संकुचनको रुपमा मात्र हेरिए मुद्दाको गहिराई सम्म पुग्न सकिदैन त्यसैले यसको अरु पक्षलाई पनि हेर्न जरुरी छ । तर हाल संस्थामा ठूलो ऋणभार रहेकोले यसरी सदस्यता र अन्य शुल्क नलिंदा संस्था चरम आर्थिक संकटमा जान सक्ने र उल्टै “मनि” वालाहरुको बोलबाला रहन सक्ने समेत सदस्यहरुको तर्क छ । फेरि ऐले अधिकांश NRNA राष्ट्रिय समन्वय परिषद (NCC) हरुको एक मात्र आय श्रोत रहेको सदस्यता शुल्क $0 भयो भने ति परिषदहरु कसरी वित्तिय रुपमा ब्यवस्थित हुनेछन् भन्ने पनि तर्क छ । तसर्थ NCC हरुको आम्दानी र खर्चकोबिस्तृत अध्ययन गरि यसलाई ब्यापक छलफल गरेर यसको ICC र NCC हरुमा हुन सक्ने प्रभाबको सुक्ष्म बिश्लेषण गरि उपयुक्त मार्गतय गर्नुपर्ने देखिन्छ । NCC हरुको वित्तिय दिगोपनको मुद्दालाई बेवास्ता गरियो भने यसले संस्थामा दुर्घटना पनि निम्त्याउन सक्छ ।

२) प्रतिनिधि छनौटको न्यायिक र पारदर्शि प्रकृया 

ICC निर्वाचनमा सकिन्छ भने सबै सदस्यहरुको प्रत्यक्ष मतदानमा सहभागिता नत्र चुस्त, न्यायिक र पारदर्शि प्रतिनिधि छनौट प्रकृयाबाट निर्वाचन सम्पन्न गर्ने तर्फ अगाडि बढ्न ICC निर्वाचनको लागि चयनहुने प्रतिनिधिहरुमा सबै ‘पहुँच वाला’हरुको सँधै बोलावाला रहने, आर्थिक चलखेलहुने र ब्यापक धाँधलीहुने गरेको छ । तसर्थ संसारभर रहेका NRNहरुको प्रत्यक्ष मतदान बाट ICC को र देश भर रहेका NRNहरु बाट NCCको चयन गराउन सकियो भने माथि उल्लेख बिकृति हट्ने र निर्वाचित नेतृत्व पनि आम सदस्यहरु प्रति बढि उत्तरदायी हुनुपर्ने हुनाले यो निर्वाचन प्रक्रियाले NRNAमा रुपान्तरण हुने कुरामा विश्वास गर्न सकिन्छ । यदि बिभिन्न कारणले यो प्रणाली लागु गर्न नसकिने भयो भने ऐलेको भन्दा सुधारात्मक, न्यायोचित र पारदर्शि प्रणालीको बारेमा बहस गरौ ।

हेक्का रहोस्, NRNAको साख स्थानिय स्तरमा बचाई राख्ने काम सम्बन्धित गेशका NCCहरुले गरिरहेका छन् तसर्थ उनिहरको अधिकार कटौती गरेर प्रतिनिधि चयन तथा अन्य निर्णय गर्ने अधिकार केन्द्रिकृत गर्ने काम चाहि कतैबाट पनि हुनुहुँदैन । 

३) अनलाईन भोटिङ्ग 

सबै NCC र ICCको नेतृत्व चयन ई-भोटिङ्ग मार्फत एकैदिन गरिएमा निर्वाचन र सदस्यतामा कम चलखेल हुने एबम् निर्वाचन प्रणालीमा हुने खर्च समेत जोगिने देखिन्छ । यदि ऐले बताईए जस्तै अन्तराष्ट्रिय समन्वय परिषद द्वारा बिशेष रुपमा डिजाईन गरिएको एप वाभोटिङ्ग सफ्टवेर मार्फत स्मार्ट फोन प्रयोग गरि निर्वाचन गराउने हो भने बिश्वासनियताको लागि सफ्टवेयरको उपयुक्त टेस्टिङ्ग गरि परिणाम सार्वजनिक गरिनु पर्दछ । फेरि निर्वाचनको बखत सफ्टवेयर चलाउने जिम्मा निर्वाचन समिति मार्फत तेश्रो पक्षलाई दिईनु पर्दछ अथवा बाह्य पक्ष (Contractor)को सफ्टवेयर प्रयोग गरि निर्वाचन गराईनु पर्दछ । यस किसिमबाट गरिने निर्वाचनको सफल परिक्षणको उदाहरण अष्ट्रेलिया र अमेरिकाको NCC निर्वाचन हेरे पुग्दछ । 

एक मतदाताको तर्फबाट अर्को मतदाताले मतदान नगरोस् भन्ना खातिर बायो मेट्रिक्स (face detection technology) को प्रयोगगर्ने र एक देशको मानिसले अर्को देश बाट मतदान नगरोस् भन्नाको खातिर सम्बन्धित देशको IP ठेगाना बाट मात्र मतदान गर्न पाईनेब्यबस्था गरिनु पर्दछ । यसरी गराईने निर्वाचन सो सम्बन्धी अनुभव भएको तेश्रो पक्ष द्वारा गराईएमा यसको बिश्वासनियता र अन्य कानूनी झण्झटबाट संस्थामा नपर्ने देखिन्छ ।

निर्वाचन प्रकृयालाई पीरदर्शि र विश्वासनिय बनाउनको लागि माथि उल्लेखित सेवा प्रदायकको छनौट र सुपरिबेक्षणको लागि संस्थाकोबार्षिक साधारण सभाबाट वा निर्बाचन बाट बिज्ञहरु सहित भएको एक निर्वाचन समिति गठन गरिनु पर्दछ ! अन-लाईन मतदान गर्नेमतदाताको नामावली निर्वाचन भन्दा कम्तिमा २१ दिन अगाडि प्रकाशन गर्ने गरि ब्यबस्था गरिनु पर्दछ । 

४) MIS

सदस्यता आवेदन बखत सदस्यहरुले पेश गरेको दस्तावेजहरुको आधारमा सम्बन्धित NCC ले मातहातका सदस्यहरुको प्रमाणिकरणगर्ने र प्रमाणिकरण पश्चात ICC लाई आवस्यक बिबरण मात्र ICCको पोर्टलमा अपलोड हुने अनि पेश गरिएका दस्तावेजहरु NCC ले तुरुन्त नष्ट (destroy) हुने ब्यवस्था गरिनु पर्दछ । केन्द्रिय डाटाबेसमा रहेको आफ्ना सदस्यहरुको बिवरण सम्बन्धित NCC ले मात्र access गर्ने र सदस्यको बिवरणको चै सम्बन्धित सदस्यले मात्रै अद्दावधिक गर्नसक्ने बनाउनु पर्दछ तर सबै किसिमका क्रियाकलापहरु ICC, NCC र सम्बन्धित सदस्यले देख्न मिल्ने बनाईनु पर्दछ । 

गैर-आवासिय नेपाली संघको हित लाई ध्यानमा राखि ( अन लाईन) टेबुल टक गरि एजेण्डाको बैठान गर्न हामी सबै तयार रहौं र सकारात्मक बिचार सम्प्रेषण गरौ । 

खबरदार, नेतृत्वमा रहेका र गर्छु भन्ने साथीहरु, यो वा त्यो अमुक डर देखाई वा त्यस्ता डर लाई आधार बनाई यस्ता एजेण्डाहरुबाट नभाग्नुहोस्, बरु सामना गर्नोस् र समाधान दिनुहोस् । 

नारायण काफ्ले

गैर-आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद, सदस्य, अष्ट्रेलिया ।

Twitter: @npkafle

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349