काठमाडौँ – क्यारेवियन प्रिमियर लिग सिपीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनिर सन्दिप लामिछाने आवद्ध टीम जमैका तलावास विजयी भएको छ ।
ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियसलाई ३७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको जमैकाले पुरै २० ओभरमा ६ वीकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्याट्रियर्स ११० रनमा समेटियो ।
खेलमा सन्दिपले राम्रो प्रदशन गरेका थिए । उनले २ विकेट लिए । पछिल्लो जितसँगै जमैका लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगमा जमैकाले खेलेका ६ खेलमध्ये ३ मा जीत र ३ मा हार व्यहोरेको छ ।