एस्ट्रो राजु शर्मा भेटवाल
केही समय लाग्यो मेल्बोर्ने एअरपोर्टबाट सिड्नीको उडान हुने समय थियो। म कफिको पराखी त्यो 7/11 कै किन नहोस् दिनमा कफि खाएपछि मात्र आफ्नो दिनको सुरुवात भएको महसुस हुन्छ त्यसैले पहिलेनै एअरपोर्ट लाउन्जमा कफि किनि सकेको थिए।भिड एक दमै थियो मान्छेहरु सवै हतारमा थिए लाग्छ युद्धका लागि जादै छन केही पाउनको लागि जादै छन। कसैको हासो कसैको मिश्रित अनुहार थरी थरीको हाहु भाउ।
मलाई कसै को त्यो कुराले फरक पारेको थिएन म धेरै चोटिको यात्रा गरेकोले त्यो मलाइ सामान्य नै लाग्थ्यो।आन्तरिक हवाई को डिस्प्लेमा हेरेको टाइगर एयर डिलेको सूचना थियो। यो सामान्य नै हो मेल्बोउर्न एअरपोर्टको लागि यहाँको क्लाइमेट कति खेर बद्लिन्छ मेरो यो ५ वर्षको आनुभवले पनि एकिन गर्न सकेको छैन दुरुस्त नेपालको मौसम विभाग जस्तो। बसे ल्यापटप खोले चार्जमा लाउन्न्जमा सवै ब्यस्त कसैले कसैलाई हेर्ने फुर्सद थिएन म पनि के कम कसैको वास्ता गरिन एक सुरले आफ्नैमा ब्यस्त भए।कहिले काहीँ सोच्न पनि मन लाग्छ फुर्सद यहि बेलाहो अरु वेला त मलाइ के फुर्सद हुनु अरुका लागि नै समय गएको महसुस भएको छ त्यो मेरो रोजाई पनि थियो होला सकभर अरुका लागि बाच्ने मेरो निर्णय पनि एहि थियो त्यसैले मलाइ आत्मा गलानी चै छैन नै भन्छु।फेरि एउटा कफि लिने सोच भयो र लागे यो पाली चाँही म्याक सेन्टरमा र मागे क्यापाचिनो एक्स्ट्रा हट मेरो इङ्लिस राम्रो नभएको हुनाले होला कि मेरो एक्सन नबुझेर हो एक छिन नानी अलमल परिन्। यति कुरा त बुझ्नु पर्छ नि म थोरै न युनिभर्सिटीको लेक्चर दिदै थिए म उनलाई र मेरो कुरा नबुझ्ने रिस पनि उठ्यो आफ्नै इङ्लिस एक्सन प्रती।
एकै छिन मा कफि तयार भएको इशारा गरिन योर कफि क्यापाचिनो एक्सट्रा हट। पैसा तिरे महँगो नै लाग्यो जति नै महँगो भए पनि कफि पिउनु का लागि लोभ चै लाग्दैन।म जस्तो कफि पाराखीको लागि।कफि भने चै काइदाको थियो। यसो फेरि डिस्प्लेमा हेरे केही समय रैछ माथीवाट तर प्रस्थान तिर लागे।धेरै मान्छे अघि आएर बसेका रैछन सवैको अनुहारमा प्रष्ट थियो सवै जाना फालाइट डिलेका कारण कसैको अनुहारमा खुसी थिएन साना केटाकेटीको बाहेक। केही नेपाली जस्ता पनि थिए उनीहरु को हाउ भाउले त्यो नेपाली हो भनेर चिन्न गार्हो थिएन।
केही मिनेटमा सिड्नीको प्रस्थानका लागि लाइनमा बस्न टाइगर एयरका ग्राउन्ड कर्मचारीले माइकबाट अनुरोध गरेको सुने। एकै छिनमा ठूलो नै लाइन भो म धेरै पछाडि थिए।हुन त हामी नेपालीहरु लाई लाईन बस्नु कुनै नयाँ कुरा चै थिएन।हाम्रो अगाडि १ किलोमीटरको लाइन पनि सामान्य नै हो।पेट्रोलको लागि माइतीघर देखि भद्रकाली सम्मको लइन त पार गर्यो यो त मामुली लाइन थियो। यता उति हेरे सवै आफ्नै धुनमा ब्यस्त थिए।सवैलाई हतार थियो।मेरो अगाडि एकदमै ठूलो कद भाका अफ़्रिकन मुलका देखिने एक ब्यक्ति देखे उनी इथियोपिया का रैछन्। मैले यसो लाइनमा टाइम पास गर्ने सोचका कारण ले परिचय गरे तर मान्छे मिलनसार नै रैछन त्यो उनको कुरावाट प्रष्ट हुन्थ्यो।
केही राजनितिक कुरा भो केही सामाजिक कुरा उनलाई नेपाल जान मन रैछ। नेपाल र नेपालीको बारे जुन कुरा गरे म संग त्यसले मेरो मन छोयो।जे होस हामी नेपाली को बानी आफ्नो देश को वारे मा चै कहिले नराम्रो कुरा गर्दैन भनेर मलाइ झन बिश्वास भयो।उन्लाइ नेपाल को सवै कुरा थाहा रैछ।अफ़्रिकामा नेपाली शान्ति सेनाले खेलेको भुमिका कति पनि कन्जुस्याइँ नगरी प्रशान्सा गरे र धन्यवाद पनि दिन भ्याए।मैले पनि उनले नेपाल र नेपालीको कुरा गरे पछी इथियोपियन एअरको सफल कुराको वारेमा गफ दिए गफ थिएन त्यो हकिगत थियो छोटो समय जुन रूप मा अफ्रिकामा फड्को मारेको थियो त्यो साच्चिकै मिराकल नै थियो।उनीसंग को यो गफ परिचय को हिसाब ले राम्रो नै भयो समय वित्यो भन्नू पर्यो।मेल्बोउर्न वाट सिड्नी उड्यो हाम्रो विमान १ घन्टा २५ मिनेटको यात्रा पछी वेल कम टु सिड्नी भनेर क्रु कर्मचारीवाट अनाउस्मेन्ट भयो।