eNepal

निषेधाज्ञामा घरभित्र बस्दा जीवन उपयोगी के काम गर्न सकिन्छ जानिराखौ

काठमाडौँ -कोभिड-१९ अर्थात कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । विश्वका अधिकांश देशहरूमा यो भाइरसको संक्रमण देखिएको छ । बिश्वनै कोरोना भाइरसको कारण आक्रान्त छ । बिश्वभर हालसम्म २ करोड भन्दा बढीलाई कोरोना संक्रमण भएको छ ।करिब ७ लाख भन्दा बढीको मृत्यु भएको छ ।

जस्को कारण संसारभर सबैलाई यसले आतंकित र सशंकित बनाएको छ। विद्यालय, कलेजहरू, लामो दुरीका सवारी साधन, हवाइ उडानहरु बन्द गरिएका छन् । सर्वसाधारणको हिंडडुल, दैनिकी र दिनचर्या समेत प्रभावित भएको छ । धेरै देशले लकडाउन गरेका छ्न् ।

नेपालमा पनि दिनानुदिन संक्रमण दर बढ्दो छ । हालसम्म ३५ हजार मानिस संक्रमित भएको अवस्था छ भने १८६ जनाको मृत्यु भएको छ । नेपाल सरकारले पनि घर बाहिर ननिस्कनु भनेको छ। होम क्वारेन्टाइन र स्वअनुशासनमा बस्नु भनेको छ । विश्वब्यापी अनुभवले यसमा ब्यक्तिगत सचेतना र अनुशासन ज्यादै महत्वपूर्ण रहेको देखाएको छ ।

नेपालमा करिब ३ महिनाको लकडाउन पछि पुनः संक्रमण बढेर अहिले मुख्य शहरमा निषेधाज्ञा जारी गरिएको छ। नेपाल सरकार र प्रधानमन्त्रीको सम्बोधनले कोरोनाको सङ्क्रमणबाट बच्न घर भित्रै आत्मअनुशासनमा बस्नु बाहिर ननिस्कनु भनेको छ । यो अवस्था महिना सम्म पनि हुनसक्छ । यस्तो अवस्थामा अभिभावक, विद्यार्थी र बालबालिकाहरु कसरी महिनौँसम्म घरमा बस्ने ? के गरेर समय कटाउने ? यो गम्भीर कुरा बनेर आएको छ ।

होम लकडाउन वा घर भित्रै मात्र बसिरहदा आफूसगँ भएको सिर्जनात्मक क्षमताको प्रदर्शन गर्ने र व्यापक अभ्यास गर्ने अवसरको रुपमा प्रयोग गर्न सकिन्छ । धेरैजसो ब्यस्त हुने हुदा हाम्रो समयले नभ्याएको भित्री अपुराकामहरु पूरा गर्न सकिन्छ। खेल, चित्रकला तथा विविध क्रियाकलापले गरेर बालबालिकामा भएको तनाव, त्रास र मनोबल उच्च बनाउन आवश्यक छ । अभिभावकले आफ्ना नानीहरूलाई पर्याप्त समय दिएर खराव बानी हटाउने र असल बानीको बिकास गराउन यो `कोरोना समय´ उपयोग गर्न सक्छ्न् ।

बालकलाई कुनै पनि कुरामा फोर्स गर्नु हुन्न । बच्चासँग पनि समय विताउनुपर्छ । बच्चाका लागि समय छुट्याएको अवस्था हो यो । त्यस समय बच्चासँग बच्चा जस्तै बनेर खेल्नुपर्छ । उनीहरुले सोध्ने हरेक प्रश्नको सहि र सरल जबाफ दिनुपर्छ ।

कोरोना भाइरसको बारेमा बैज्ञानिक तरिकाले बुझाईदिनु पर्छ । बच्चालाई राम्रो, असल र प्रेरणादायी कथा सुनाउनु राम्रो हुन्छ । असल मानिस बन्न प्रेरित गर्नुपर्छ । आफूले पनि आफूलाई मनपर्ने काम गरेर समय बिताउनु राम्रो हुन्छ ।

यो महिनाको घरभित्रको बसाइमा तपशिल अनुसारका सिर्जनात्मक कार्यहरु आफू गर्ने आफ्ना बालबालिकाहरुलाई गर्न लगाउने हो भने यो कोरोना समय फलदायी हुन सक्छ ।

चित्र बनाउने :

माटोको होस या कागजको होस जुन बालवालिकालाई मन पर्छ त्यसकै मुर्ती या चित्र बनाउन लगाउने । नजाने सिकाउने । अभिभावकले पनि सगंसगै बनाउने । लामो समय र मेहनत गरेर चित्र बनाउने कलर गर्ने । ब्याख्या गर्ने । मतलव सुझाउने । कागज तथा कपडाको टुक्काको प्रयोग गरि विभिन्न सामाग्रीहरु बनाउने तथा बनाउन लगाउदा राम्रो हुन्छ ।

मन परेको पुस्तक पढ्ने

यो समय आफूलाई तथा बालबालिकालाई मन परेको पुस्तक पढ्ने तथा पढ्न लगाउनु पर्छ । विश्वप्रसिद्ध आख्यान तथा गैर आख्यानको संकलन र अध्ययन गर्नुपर्छ । बालवालिकाहरुलाई मनपरेका कथा कविता बाल उपन्यास पढ्न दिनुपर्छ ।

र यो समयको भरपुर मनोरञ्जन गर्न दिनुपर्छ । आफूपनि सहभागी हुनुपर्छ । खासगरी भागवत गीता, वेद, रामायण तथा अन्य आध्यात्मिक पुस्तक पढ्ने समय हो यो । अहिले त कोठामै बसेर अनलाईन पढ्न र पढाउन पनि सकिन्छ ।

लेखनकला सिक्ने सिकाउने समय

लेखनकला सिक्न समय लाग्छ । बालबालिकाहरुलाई लेखनकला सिकाउन सकिन्छ । लेख तथा रचना पढ्न लेख्न लगाउन सकिन्छ । कथा कविता पढ्न तथा लेख्न लगाउने । सिकाउने । शिक्षक तथा अभिभावकले पनि लेख्न सकिन्छ । एसईई परीक्षा दिने विद्यार्थीहरुले प्रश्नउत्तर लेखेर तयारी गर्न सक्छन् ।

घरभित्रै खेल खेल्ने

अभिभावक र बालवालिका या विद्यार्थी मिलेर घरभित्रै क्यारेमबोर्ड, लुडो, सुडोको, चेस, पजल, बाघचाल, बुद्धिचाल, चेकर, चुङ्गी, मनि गेम, फन्नी गेम खेल्न सकिन्छ । खेल्दा नियम अनुशासन र धैर्यता सिकाउन सकिन्छ । उनीहरुले हार स्वीकार गर्न र जित्ने कला र तरिका सिक्न सक्छ्न् ।

घरायसी काम सिकाउने

अभिभावकले आफ्ना छोराछोरीहरुलाई आफूसहित लागेर खाना बनाउन सिकाउने । खाना तथा खाजाका परिकार तयार गर्न लगाउने । तरकारी काट्न, भाडा माझ्न, किचेन सफा गर्न सिकाउने । घर सफा गर्न र बेड मिलाउन सिकाउने लगाउने । उनीहरुलाई बेस्ट लागेको होम डेकोरेसन गर्न लगाउने । छ्तमा तरकारी लगाउने । भित्र खेत वारी भए खन्न, बाली लगाउन, तरकारी रोप्न लगाएर समयको लगानी गर्न सकिन्छ । यसरी घरायसी काम सिकाउन सकिन्छ ।

सरसफाइमा ध्यान दिने

सरसफाइ स्वास्थ्यका हिसावले धेरै महत्त्वपूर्ण कुरा हो । कोरोना भाइरसवाट वच्न बेलाबेला डिटोल साबुनले हात धुन लगाउने । हेण्ड सेनिटाइजरले हात धुने । सिकाउने । हातलाई मुख, आँखामा नलानु भन्ने । सिकाउने । नुहाउन लगाउने । आफ्नो कपडा आफै धुने तथा धुन लगाउने ।

योग, ध्यान र प्राणायम गर्ने

बालबालिकाहरु र अभिभावकहरु मिलेर खासगरी बिहानको समय योग गर्ने योगमा सवासन, भुजगासन, उतानोपादासन, सूर्यनमस्कार आदि गराउने । खासगरी बिपस्यना ध्यान सिकाउने । गर्न लगाउने । कपालभाति, भास्त्रीका आदि प्रणायमहरु गर्न लगाउने । कोरोना समयको यसरी फाइदा लिन सकिन्छ ।

शारीरिक अभ्यास गर्ने

दिनभर बसिरहदा शरीरमा रक्तसञ्चार राम्रो हुदैन् तसर्थ शारीरिक ब्यायाम गर्न अनिवार्य छ । सेट अप, पुस अप, जगिङ, जुम्बा डान्स, उफ्रिनु, भित्रै कुद्नु, शरीरका अंग चलाउने तथा तन्काउने अभ्यासहरु गर्नुपर्छ ।

मोटिभेस्नल फिल्म तथा यूट्यूव भिडियो हेर्ने

हेरेको भिडियो तथा फिल्मले भन्न खोजेको कुरा के हो ? के गर्नु पर्ने रहेछ । कसरी सफल हुन सकिन्छ भन्ने टिप्स र ट्रीक के के हुन् भन्न र लेख्न लगाउने र प्रेरणा लिने ।

सिर्जनशिल कल्पना गर्ने

अल्वर्ट आइन्स्टाइनले भन्नू भएको छ – ‘ज्ञानभन्दा कल्पना धेर शक्तिशाली हुन्छ ।’ हाम्रो लक्ष्य के हो ? त्यो अनुसार सफल हुँदै गएको कल्पना गर्नुपर्छ । त्यसो हुदा हाम्रो शरीर मन र मस्तिष्कले काम शुरु गर्छ । यो फुर्सदको समयलाई सिर्जनात्मक कल्पनामा लगाउने हो भने सफल हुन सकिन्छ । भनिन्छ, आइनस्टाइन २१ घन्टासम्म लगातार कल्पना गर्थे । हुनपनि बैज्ञानिकहरुलाई आविष्कारका लागि एउटा कोठा नै पर्याप्त हुन्छ । हामीले छट्पटाउनु पर्दैन । प्रयोगशालाबाटै कोरोनाको खोप पनि पत्तालाग्ने हो । कल्पना गर्न एउटा कोठा पर्याप्त हुन्छ तर तरिका चाहिँ सिकाउनु र सावधानी चाहिँ अपनाउनु पर्छ ।

सोच बिचार गर्ने

म को हो ? म किन आए ? मलाई किन यहाँ ल्याएको हो ? मेरो उद्देश्य के हो ? जीवन के हो ? जस्ता गम्भीर प्रश्नहरुको उत्तर खोजी गर्ने हो भने समय गएको पत्तै हुदैन्।के थाहा यी दार्शनिक प्रश्नको उत्तर मिल्न पनि सक्छ । यहि सहि समय हो किनकी दिमाग शून्य भएको अवस्था छ । या खाली छ । तसर्थ उत्तरको या त सिर्जनाको रोप्ने यो अवसर हुन सक्छ । लागि पर्यौ भने यो सम्भब छ ।

स्पष्ट मानसिक चित्र निर्माण गर्ने

यो समय तपाई हामी के बन्न चाहान्छौँ त्यसको मानसिक चित्र (visualization) गर्ने । रुचिको बिषयको मेन्टल म्यापिङ गर्ने । आफूले चाहेको परिणाम प्राप्त गर्नको लागि आत्मसुझाव संगै भावाना, चेतना र कल्पना अभिन्न रुपले साथसाथै हुनुपर्छ त्यसको अभ्यास गर्न र गराउन सकिन्छ ।

जीज्ञाशाको जवाफ दिने

बालबालिकाले सोधेका प्रश्नको उत्तर राम्ररी बुझ्ने गरि उत्तर दिने । उत्तर दिदा उत्तरमा प्रश्न गरे त्यसको पनि जवाफ दिने । बालकलाई संतुष्ट बनाउने । समय सान्दर्भिक र तार्किक जवाफ दिने ।

गीत संगीत सुन्ने, गाँउने र नाच्ने

बालबालिका सगै बसेर गित सुन्ने मनपरेको गीत गाउने गर्न सकिन्छ । मादल, गीतार, हारमोनियम, मुरली, बासुरी बजाउन दिने । बजाइदिने । बजाउन सिकाउन सकिन्छ । मन परेको गितमा नाच्न लगाउने । र अरुले ताली बजाउन सकिन्न्छ। वा पालै पालो नाच्न लगाउने र प्रशंसा गर्नुपर्छ । हौसला प्रदान गर्नुपर्छ । यसले कोरोना भाइरस सगँ लडने रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ ।

सकारात्मक हुने

ढृढ विस्वासि हुने । आत्मबिश्वासी हुने । साहासी हुने । निडर हुने । सतर्कता अपनाउने । हरेकमा कम्प्युटरको GIGO सिद्धान्त लागू हुने हुदा आफूभित्र असल राख्ने र असलै झिक्ने । मुस्कुराउने । हसाँउने । हाँस्ने । चुटकिला भन्ने भन्न लगाउने । हाँस्ने हसाँउने । स्नेही र मायालु हुने । सकारात्मक ब्यवहार गर्ने । सकारात्मक हुने । बालबालिकालाई पनि सकारात्मक एङगलबाट सोच्ने बनाउने ।

असल बानी निर्माण गर्ने

यो समय आफ्ना बालबालिकाहरुको गलत बानी हटाउने र असल बानीको बिकास गर्ने समय हो । अहिले एउटा मौका पनि छ । शिव खेराले बानी परिवर्तन गर्न लाग्ने २१ दिनको समय हामी सगँ छ । यो लकडाउनको समय आफ्ना नानीहरुको बानी सुधार गर्न प्रयोग गरौँ । त्यसको लागि तपाइलाई उनको पुस्तक `तपाइँको जीत´ले व्यापक आइडिया दिन्छ।त्यसलाई पढ्न दियौँ र सोही अनुसार गर्न सुझाउ ।

यसर्थ यो अवस्थालाई अवसरको रूपमा लिएर शिक्षक र अभिभावकहरूले स्वस्थ बानीको विकास गर्न, बालबालिकासँग समय बिताउन, उनीहरूको कुरा सुन्न र बुझ्न सदुपयोग गर्नुपर्छ । लेखनशैलीको बिकास गराउने, नाँच्ने, ध्यान गर्ने, पोषिलो खाना बनाउन लगाउने खान सिकाउने गर्नुपर्छ ।

त्यस्तै अभिभावक शिक्षक र अन्य ब्यक्तिहरुले घरभित्रै बसेर आफूलाई मनपर्ने काम गर्ने, सहि सूचना लिने दिने,सिर्जनशील काम गर्ने र बैज्ञानिक हिसावले सतर्कता अपनाउदा यो समयको सहि सदुपयोग हुनेछ । यदि माथी भनिए जस्तै गरे हामी सिर्जनशील पनि बन्ने र कोरोनाबाट समेत बच्ने छौँ । र हामी कोरोना विरुद्धको यो लडाईंमा पक्कै पनि विजयी हुनेछौँ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349