काठमाडौं -नेपाल सरकार मन्त्रीपरिषद अस्ति बसेको बैठक को निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् ।
‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन । आज पत्रकार सम्मेलन धेरै ठाउँमा विभिन्न नियुक्ति भएको जानकारी गराएका थिए।