नेपालीहरुको बड्दो सङ्ख्यासँग सँगै अस्ट्रेलीयामा ईभेन्ट कम्पनीहरु आउने क्रम पनि बड्दो रुपमा रहेको छ।ईभेन्टहरु पनि आजकाल हप्तै पिच्छै हुने गरेका जुन सकारत्मक कुरोनै हो। विदेशको व्यस्त दैनिकी अनि यसो मन भुलाउने नेपाली ईभेन्ट देखी नेपाली चलचीत्रको प्रदर्शनले आजकाल नेपालीहरुलाई रोजी र छाडीका कार्यक्रमहरुमा जाने बानी बसेको भान हुन्छ। त्यस्तै परे एकदिनमा दुई तिनवटा कार्यक्रमहरु हुने गरेको पाईएको छ।
यस्तै ईभेन्टहरुको भिडमा केही फरक सोचका साथ मेल्बोर्नका केही जागरुक युवाहरुले सही हो ईभेन्ट्स एन्ड ईन्टरटेन्मेनटस् लिएर आएका छन्। यस ईभेन्टले आउँदै गरेको क्रिसमसलाई लक्षित पार्दै आगामी २५ डिसेम्बरका दिन समर बार्वेक्यु पाटी आयोजना गर्ने भएको छ। स्थानिय कोबर्ग लेकमा हुने बार्बेक्यु कार्यक्रमबाटनै यस ईभेन्ट्सले औपचारीक रुपमा आफ्ना ईभेन्ट्सका सदस्य लगायत आगामी कार्यक्रमको बारेमा जानकारी दिने जनाएको छ।
निशुल्क खाना र पेयको व्यबस्था गरिएको शो कार्यक्रम दिउँसो दुई बजेबाट शुरुवात हुने भएको छ।