eNepal

उपत्यकामा थप एक साता निषेधाज्ञा बढाउने तयारी,सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं -काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउने तयारी भएको छ । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातबाट सकिँदै छ । कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाबारे थप निर्णय र छलफल गर्न आजै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहितको सुरक्षा समितिको बैठक बस्दै छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले बैठकमा निषेधाज्ञालगायत कोरोनामै केन्द्रित रहेर छलफल हुने बताए ।

जिल्ला सुरक्षा समितिको बैठकले यसअघि भदौ ३ बाट लागु हुने गरी एक साताका लागि संक्रामक रोग ऐन-०२० को दफा २ र स्थानीय प्रशासन ऐन-०२८ को दफा ६ (३) अनुसार निषेधाज्ञा जारी गरेको थियो । पछिल्लो एक सातायता उपत्यकामा कोरोना संक्रमितको दर बढ्दो छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal