काठमाडौँ – विश्वभर २ करोड ३८ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख १२ हजार ४६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म २ करोड ३८ लाख ६ हजार ७४९ संक्रमण भएको छ ।
संक्रमितमध्ये १ करोड ६३ लाख ५६ हजार ८४८ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ४ हजार ३२८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १६ हजार ९५० पुगेको छ ।