eNepal

स्वास्थकर्मिलाई दुर्व्यवहार प्रति मानवअधिकार कर्मिको बिरोध

काठमाडौं-कोरोना सन्त्रास बढ्दै गइरहेका बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुर्व्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको छ।

मानव अधिकार तथा शान्ति समाजले आज बिहान जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्यकर्मीको सम्मान गरौँ, सुरक्षाकर्मीलाई सहयोग गरौँ, सञ्चारकर्मीको संरक्षण गरौँ, सर्वत्र सद्भाव प्रदर्शन गरौँ भन्ने आग्रह गरिएको थियो। प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईँ र काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले सङ्कटका घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेकाले काममा सहयोग गर्नुपर्नेमा जोड दिए।

उनीहरुले अत्यावश्यक सेवाका यी क्षेत्रप्रति सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै यस्ता संवेदनशील क्षेत्रमा कार्यरतको सधैँ सम्मान र सहयोग गर्न सबैलाई आग्रह गरे। प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीको सहभागिता थियो। सुरक्षा विधि अपनाएर भौतिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरिएको सभापति पुडासैनीले जानकारी दिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349