eNepal

सेल्फ क्वारेन्टाइन भनेको के हो र कसरी बस्ने?

✍️हावा प्रशस्त चल्ने कोठामा एक्लै बस्ने ।
✍️आफूले प्रयोग गरेको र गर्ने सामग्री अरूलाई छुन र प्रयोग गर्न नदिने ।
✍️घरका अरू मानिसबाट कम्तीमा एक मिटर टाढा बस्ने ।
✍️कसैको सहायता चाहिए एक जना स्वस्थ सदस्यसँग मात्रै सम्पर्क गर्ने र त्यस्ता व्यक्तिले पनि अरू सदस्यसँग सम्पर्क नगर्ने ।
✍️यतिबेला घरमा अरू मानिसलाई आउन सकेसम्म नदिने । फोन वा सामाजिक सञ्जालमार्फत् मात्र भेटघाट गर्ने ।
✍️घरमा एउटा मात्र शौचालय छ भने आफूले प्रयोग गरिसकेपछि त्यसमा राम्रोसँग ‘डिसइफेक्टेन्ट’ (बजारमा उपलब्ध घरमा प्रयोग गरिने निर्मलीकरण सामग्री) ले सफा गर्ने । त्यसपछि मात्रै अरूले प्रयोग गर्ने ।
✍️घरमा बस्दा मास्क लगाउने र लगाइसकेका मास्कलाई पोको पारेर राख्ने । जथाभाबी नफाल्ने ।
✍️क्वारेन्टाइनमा बस्दा रुघाखोकी लागे र ज्वरो आए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने । काठमाडौंमा भएको खण्डमा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँदा राम्रो ।
✍️रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमण भएको ठान्नु हुँदैन । हालसम्म नेपालमा कोरोना संक्रमित नदेखिएकाले विदेशबाट आएका व्यक्तिसँग सम्पर्क छैन भने रुघाखोकी वा ज्वरो आउँदैमा डराइहाल्नु पर्दैन तर आफूलाई लागेको रुघाखोकी अरूलाई नसरोस् भन्नका लागि घरबाहिर ननिस्किनु राम्रो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349