eNepal

न्याभको आगामी कार्यकालका लागी अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ?

भिक्टोरियामा रहेका नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको आगामी कार्यकालका लागि नेतृत्व चयनको लागि आगामी ५ सेप्टेम्बरमा निर्वाचन हुने  भएको छ । भिक्टोरीयामा कोरोना महामारी अनि चौथो चरणको लकडाउनले गर्दा यो पटक ईलेक्ट्रोनिक विधिबाट निर्वाचन गर्ने तयारी भएको छ ।

यस पाली अध्यक्षको लागि उमेदवारी दिनु भएका राम गुरुङलाई हामीले केही प्रश्न राखेका थियौं। उहाँको जवाफ यस्तो छ

न्याभको अध्यक्षमा मेरो उम्मेदवारी किन ?

यतिखेर म न्याभको कार्यसमितीमा कल्चरल कोअर्डिनेटरको भुमिकामा काम गर्दै आईरहेको छु । भिक्टोरियामा रहेका बिभिन्न नेपाली समुदायहरूसँग न्याभले सँधै हातेमालो गर्दै बिविध सामाजिक कार्यमा प्रत्यक्ष आफ्नो  सक्दो भुमिका निभाईरहेको सबैलाई बिधितै छ । पुरानो कार्यसमितीले गर्न बाँकी कामहरूको निरन्तरता र अझ शसक्त ढँगले दुई पाईला अगाडी बढेर जाने सोचमा छौँ । अहिलेको यो बिश्वभर कोरोनाको माहामारीले ग्रस्त भैरहेको बेलामा पनि हाम्रो आफ्नो सामाजिक दायित्वमा अभिभावकिय भुमिका निर्वाह गर्यौं जसले न्याभ भनेर चिन्ने र सुन्ने मौका मिल्यो । अबको दिनमा न्याभले खेल्ने भुमिकाहरू हाम्रो आउँदै गरेको नयाँ कार्यसमितीको पुर्ण बैठकले तय गर्नेछ । मैले यसो गर्छु र त्यसो गर्छु भन्दा पनि टीममा मेरो भिजन राखेर टिमलाई कन्भिन्स गरेर लैजाने जिम्मा आएको छ । अबको दिनमा न्याभलाई हेर्ने दृष्टिकोणमा केहि फरक गर्न सकिन्छ कि भन्ने सोँचमा छु । न्याभलाई आफ्नै नामले चिनाउनु पर्छ भन्ने मान्यतामा छु । न्याभमा हिजोको दिनदेखि नै बिविधरूपले सरसहयोग गर्दै आउनुभएका अग्रजहरूसँग पनि सहकार्य गरेर अगाडी बढ्नु पर्नेछ । न्याभ भिक्टोरियाको सबैभन्दा पुरानो नेपाली सँस्था भएको नाताले पनि यसको अबिभावकिय दायित्व पुरा गर्नु पर्नेछ । नेपालबाट बिविध सपनाहरूको महल बोकेर अष्ट्रेलिया पढ्न आएका भाईबैनीहरूलाई पनि एउटा अबिभावकिय बोध गराउनु छ । हामीले गर्नु पर्ने धेरै कामहरू छन हामी तपाईँहरू जस्ता मिडीयाहरूसँग हातेमालो गर्दै आफ्ना भबिष्यका योजना र हामीले गरेका कामहरूको अप्डेट गर्दै जानेछौं ।

२. मैले पहिला गरेका कामहरूको बिबरण छोटकरीमा 

म सानै छँदादेखि नै बढि मनोरञ्जनमा रमाउने मान्छे त्यसै त गुरूङको छोरो रोधीँ भनेपछि हुरूक्कै हुने । त्यसैले पनि होला म सानै छँदा नै मेरो जिल्ला पर्वतको साँस्कृतिक बिभाग सम्हालेर म जनसाँस्कृतिक मञ्च पर्वतको दुई कार्यकाल ४ बर्ष अध्यक्ष भएँ । पछि पृथ्बीनारायण क्यामपस पढ्न आएँ त्यहाँ पनि  साँस्कृतिक उपप्रमुखको भुमिकामा बसेँ । २०४६ सालको जनआन्दोलनमा म पनि आफ्नो जिल्लाबाट बिविधखाले कार्यक्रमहरू लिएर देश दौडाह गरियो जनगितीयात्रा नामक कार्यक्रम लिएर जिल्लाका कुना काप्चाहरू चाहार्यौँ, देशमा प्रजातन्त्र आयो । टाँठाबाठा र बोलक्कडहरूले स्थान पाए । म लगायत हामी रातो दिन भोक र तिर्खा नभनी काँचो सातु र भुटेको मकैको भरमा मञ्चमा गीत गाँदा बाजा बजाउँदा बिरक्ती लाग्थ्यो । ति दिनहरू सम्झँदा कहाली लागेर आउँछ । म त्यो अतित कोट्याएर आफैलाई पस्चातापको भुमरी होम्न चाहन्न । त्यसैले पनि यस्ता घट्ना र परिघटनाले गर्दा बिदेश पलायन मेरो रोजाई हुन पुग्यो । म हङकङ २०९४ मा आएँ त्यहाँ आएपछि पनि साथिहरूको पुरानो चिनजानको माध्यामले फेरि त्यतै तान्यो । लागे फेरि त्यै सामाजिक कामतिर । हङकङको पुरानो सँस्था फियोनामा साथिहरूले धकेलेरै छाडे अनि लागे ” उहि पुरानो मायाँले फसायो ” भनेझैँ । 

तमु समाज हङकङमा सल्लाहकारको भुमिकामा बसेँ । बिस्तारै मेरै पहलमा हाम्रो जिल्लाबासीलाई एकिकृत गर्ने हिसाबले ” पर्वत पैंयूँखोला समाज हङकङ ” गठन गरियो  । त्यसको संयोजक भएर दुई बर्ष काम गरेँ अनि लगातार तीन कार्यकाल ६ बर्षसम्म अध्यक्ष पद सम्हालेर सँस्थालाई द्रुत गति दिन सफल भएँ । २००७ मा युके स्थापित हुन पुगेँ । फेरि मेरो कामको रोजाई अष्ट्रेलिया हुन पुग्यो तसर्थ यहाँ आएपछि साथिभाईहरूको सँगत बढ्दै गयो फेरि पनि आफ्नो सामाजिक काम गर्ने बानीले पनि होला बिभिन्न सँघसँस्थाहरूमा कृयासिल हुन पुगेँ। तमु समाज भिक्टोरियाको कल्चरल टीममा मेरो सकृयता बढेसँगै ठुलो परिवर्तन गरेँ । 

डोरिन मरण्डा नेप्लीज कम्यूनिटीमा पनि सल्लाहकारको भुमिकामा छु । नेपाल फेस्टिबल २०१८ मा पनि सहकोअर्डिनेटर भएर कार्यक्रम सफल पारियो । अहिले म न्याभको कल्चरल कोअर्डिनेटरको भुमिकामा छु । मैले अहिलेसम्म गरेका कामहरू मैले भनिरहनुभन्दा पनि देख्ने र सुन्नेहरूको जमात यहाँ बढि छन । यि सबै मैले गरेका कामहरूको पछाडी टीमको ठुलो योग्दान छ । हामीले जे जस्तो काम गरेपनि टीमको ऐक्यबद्दता, सहयोग बिना सफल हुनै सक्दैन । 

३. मैले नेपाली कम्युनिटीको लागि के गर्ने भन्ने सवालमा ।

सबै नेपाली सँघसँस्थाहरूको ऐक्यबद्दता गर्ने र गराउन प्रयत्न गर्नेछु । हाम्रो यहाँ भएका सम्पुर्ण नेपाली सँघसँस्थाहरूसँग सहकार्य गरि हाम्रो सँस्कार र सँस्कृति झल्कने कार्यक्रमहरू नदोहोर्याउन प्रयत्न गर्ने । जस्तै ४/५ ठाउँमा दशैँ, तीज, तिहार महपुजा, छठ पर्व, होली जस्ता कार्यक्रमहरू मिलेर गराउने प्रयत्न गर्नेछु । सम्पूर्ण नेपालीहरूको एकिकृत गरि साझेदारी कार्यमा सहयोग गर्ने प्रयत्न गर्नेछु ।

यस पाली पूर्व अध्यक्ष डा.अनुपम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन कमिटी बनेको छ जसमा भोला गिरी, नारायण काफ्ले, डा. तिलक पोखरेल र माधुरी मास्के रहेका छन्। 

न्याभको बिगतलाई हेर्ने हो भने हाल सम्म डा. राजु अधिकारी, बेनुप्रसाद अधिकारी, रञ्जन वैद्य, डा. दिपराज पन्त, बम योञ्जन, सुधिर शाक्य, डा. अनुपम पोखरेल र तारा गैरे अध्यक्ष भई सक्नु भएको छ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349