काठमाडौं -कोरोना संक्रमित बढेपछि बुधबार रातिदेखि जारी गरिएको कर्फ्युले फेरि काठमाडौं सुनसान बनेको छ । लकडाउन हटाउने सरकारको निर्णयसँगै सडकमा सवारीसाधान र मानिसको चहलपहल बढेको थियो । तर, फेरि आजदेखि उपत्यकाका सडक सुनसान देखिएका छन् । सडकमा अत्यावश्यक सवारीसाधनबाहेक गुडिरहेका छैनन् । अनावश्यक घर बाहिर निस्किने मानिसलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइरहेको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ३ भदौ राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।