eNepal

भारतमा एकदिन ५८ हजार १०८ जना संक्रमित थपिए, संक्रमतिको संख्या २६ लाख ४७ हजार भन्दा माथि

काठमाडौं – छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण बढदो क्रममा देखिएको छ । हिजो एकै दिन भारतमा ५८ हजार एक सय आठ जना संक्रमित थपिएका छन । एकै दिन ९ सय ६१ जनाको मृत्यु भएको छ । भारतमा संक्रमतिको संख्या २६ लाख ४७ हजार ३ सय १६ पुगेको छ । तिमध्ये ६ लाख ७८ हजार भन्दा बढी सक्रिय संक्रमित छन् ।

अहिलेसम्म संक्रमणबाट भारतमा ५१ हजार ४५ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार १ सय २८ पुगेको छ । ५५ लाख ६६ हजार ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

ब्राजिलमा १ लाख ७ हजार ८ सय ७९ जनाको मृत्यु भइसकेको छ भने ३३ लाख ४० हजार १ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । मेक्सिकोमा ५६ हजार ७ हजार ५७, कोलम्बियामा १५ हजार ९७ र रुसमा १५ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ७२ हजार ७ सय ५१ पुगेको छ । २ करोड १८ लाख १७ हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिमध्ये १ करोड ४५ लाख ५३ हजार २ सय ५ जना निको भइसकेका छन । संक्रमितमध्ये ६४ हजार ४ सय ८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349