काठमाडौं -अहिले डिजिटल संसारको बेला छ,तेस्मा पनि डिजिटल मिडियाले महत्त्वपूर्ण स्थान पाएको छ । बिश्वभरका घटना परिघटना छिन भरमै आम नागरिक माझमा पुग्न सकेको छ । सामाजिक सन्जाल फेसबुक, टुइटर ,स्ट्राग्राम लगायतको माध्यम बाट समाचार सम्प्रेषण हुने गरेका छन। डिजिटल मिडियाले अहिले स्थान पाएको छ ।
नेपालमा पनि अहिले सामाजिक संजाल बाटै समाचार अध्यन गर्ने ,आफ्ना बिचार व्यक्त गर्ने ,कमेन्ट गर्ने जस्ले सकारात्मक सन्देश फैलाउनुका साथै फरक बिचार व्यक्त गर्ने थलो बनेको छ यतिबेला सामाजिक संजाल । सामाजिक संजालको माध्यमबाट आन्दोलनका माध्यम बनाउने ,बिरोध गर्ने माध्यम बनेको छ । कुनै घटनामा सामाजिक संजालको बिरोधबाट सरकारनै निर्णयवाट पछि हट्नु परेका उदाहरण छन् ।
तेस्तै आज निर्मला बलात्कार पछि हत्या भएको ७५० औ दिन भएको छ ,अझै सम्म उनको परिवारले न्याय पाउन सकेको छैन । जस्को बिरोध स्वरुप अहिले निर्मलालाइ न्याय देउ भन्दै सामाजिक सन्जालमा बिरोध भइरहेको छ । जस्मा नाम चलेका मिडियाको न्युजमा कमेन्ट बक्समा कमेन्ट देखि गृहमन्त्री देखि राज्य निकायका सम्बन्ध ब्यक्तिको फेसबुकमा बिरोध स्वरुप कमेन्ट बक्समा कमेन्ट गरिएको छ ।