eNepal

धोनीपछि ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आज एकै दिन दुवैले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् ।

दुवैले सामाजिक सञ्जाल सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो संन्यासको घोषणा गरेका हुन् । रैनाले इन्स्टाग्राममा धोनीको पद पछ्याएको उल्लेख गरेका छन् ।

धोनीले संन्यास घोषणा गरेको केही समयपछि रैनाले पनि संन्यास घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले इन्डियन प्रिमियर लिग (आईपीएल) रैनाले चेन्नई सुपर किङ्स खेल्ने छन् । उनी सीएसकेका उपकप्तानसमेत हुन् ।

३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए । उनले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् । 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349