eNepal

सिन्धुपाल्चोकमा पहिरोले ७ घर पुर्यो ,सभामुख घटनास्थलतर्फ प्रस्थान

काठमाडौँ – सिन्धुपाल्चोकको जुगलमा शुक्रबार बिहान गएको पहिरोले धेरै जनधनको क्षति गरेको खबर आएपछि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थलतर्फ प्रस्थान गर्नु भएको छ ।

काठमाडौँबाट केहीबेर अघि उहाँ हेलिकप्टरमार्फत घटनास्थलतर्फ प्रस्थान गरेका हुन् । ‘पहिरोमा २५ देखि ३० घर पुरिएको खबर आएको छ,’ सभामुख सापकोटासँगै रहेका माधव सापकोटाले भने, ‘हामी जाँदै छौँ, अबको केही समयपछि यथार्थ विवरण थाहा होला ।’

घटनास्थलमा टेलिफोन सम्पर्क हुन नसक्दा सम्पूर्ण विवरण प्राप्त हुन नसकेको उहाँले बताउनु भयो । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा शुक्रबार बिहान करिब चार बजे पहिरो जाँदा कम्तिमा पनि २२ घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा धेरै मान्छे ठूलो मानवीय क्षति भएको हुनसक्ने जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

‘कम्तिमा पनि २२ घर पुरिएको खबर आएको छ,’ उपाध्यक्ष सिर्जना तामाङले शुक्रबार बिहान बताउनु भयो । उहाँले भन्नुभयो घटनास्थल दुर्गम ठाउँमा छ । ‘घटनामा ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, उहाँले बताउनु भयो । ‘

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349