eNepal

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी निधन

काठमाडौं-भारतका पूर्व राष्ट्रपति प्रनव मुखर्जी कोमामा पुगेका थिए । केही दिन पहिला घरमा लडेपछि उपचारको लागि सेनाको अनुसन्धान र रेफरल (आरएन्डआर) अस्पताल पुगेका मुखर्जीमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो।
लडेको कारण टाउकोमा क्लट (रगत जमेको) देखिएपछि उनको टाउकोको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनी कोमामा गएका अस्पतालले जनाएको छ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। विभिन्न सञ्चारमध्यमले गलत समाचार प्रशारण गरेको भन्दै यस अगि उनका छोरा अभिजितले ट्वीट गर्दै मुखर्जीको स्वास्थ्य अवस्थाको बारेमा नक्कली समाचार प्रशारण नगर्न आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘प्रतिष्ठित पत्रकारहरूले सोशल मिडियामा प्रशारण गरिरहेको अनुमान र नक्कली समाचारहरूले भारतमा मिडिया फेक न्यूजको कारखाना भएको कुरा प्रतिबिम्बित गर्दछ।’

साथै उनकी छोरीले पनि पूर्व राष्ट्रपति बारे अफवाह फैलन नहुने बताएकी छन्।

केहिदिन पहिला ८४ वर्षीय मुखर्जीले आफै ट्वीट गर्दै आफू कोरोना संक्रमित रहेको जानकारी दिएका थिए।उपचाररत रहेका मुखर्जीको उपचारका क्रममा आज मृत्यु भएको विभिन्न सन्चार माध्यमले जनाएका छ्न। उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति रहेका थिए।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349