काठमाडौँ – भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजारभन्दा बढी संक्रमित थपिएका हुन् । यो भारतको इतिहासमा एक दिनमा थपिएका सबैभन्दा धेरै संक्रमितको संख्या हो भने पछिल्लो २४ घण्टामा विश्वकै सवैभन्दा धेरै संख्या हो । भारतमा पछिल्लो २४ घण्टामा ९ सय ५० जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म संक्रमितको संख्या २४ लाख नजिक पुगेको छ भने ४७ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने अमेरिकामा धेरै छ । अमेरिकामा एक हजार तीन सय ८१ जना मृतक थपिएका छन् । हालसम्म अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड सात लाख नाघेको छ भने सात लाख ५१ हजारभन्दा बढीको मृत्यु भएको छ । एक करोड ३७ लाख संक्रमित निको भएका छन् ।