काठमाडौं – साउन ५ गते आइतबार गोंगबुको गणेस्थान नजिक एक सुटकेशमा शव फेला पर्यो । सुटकेशमा टाउको र खुट्टा नभएको अवस्थामा एक पुरुषको शव भेटिएको थियो । उक्त सुटकेश रहेको करिब ३०० मिटर पर टाउको र खुट्टा समेत भेटिएको थियो । सुटकेशमा रहेको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले जनाएको छ । कृष्ण बहादुर काठमाडौं नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे । कृष्ण बहादुर पछिल्लो एक महिनादेखि गोंगबु मित्रनगरस्थित नर्सिङ धाम गेष्ट हाउसमा बस्दै आएका थिए । शनिवार ‘म दुई दिन आउँदिन’ भनेर उनी गेष्ट हाउसमा निस्किएका थिए । कहाँ गए कृष्णबहादुर ? प्रहरीको प्रारम्भिक अनुसन्धानको आधारमा गेष्ट हाउसबाट निस्किएर उनी गोंगबु पगे । गोंगबु चोकबाट केही मिटरभित्र (नवज्योती मार्ग) किरण बस्नेतको चारतले घर छ । शनिवार कृष्ण बहादुर त्यही घर गएका थिए । जहाँ उनको हत्या भयो । किरण बस्नेतको घरमा कल्पना शाही बस्थिन् । उनी एक छोरा र एक छोरीसँगै उक्त घरको फ्ल्याटमा बस्दै आएकी थिइन् । कल्पनाले २ वटा कोठा, किचन र बाथरुम भाडामा लिएकी थिईन् । मृतक प्रहरीमका अनुसार, एउटा कोठा र बाथरुममा रगत देखिएको छ । कृष्णबहादुरलाई पहिले विष खुवाएर मारेपछि घाँटी र खुट्टा काटेको उनले बताएकी छिन् । मृतकको पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी छ । बाथरुममा मृत शरीर टुक्रा पारेर शव व्यवस्थापन गरेपछि कल्पनाले काठमाडौं छाडिन् । आइतबार साँझ उनले काठमाडौं छाडिन् । कहाँ गइन् कल्पना ? आफूलाई कल्पना शाही बताउने उनको वास्तविक नाम भने कल्पना मुडवरी भएको प्रहरीले बताएको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्ने गर्थिन् । कल्पना आइतबार साँझ एम्बुलेन्स बोलाएर चितवन पुगिन् । उनको स्थायी घर चितवन हो । छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौं प्रहरीले टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्यायो । कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको छ । शनिबार राति के भयो ? कल्पनाले शनिबार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ बताएकी छिन् । हत्या गर्न कसैको सहयोग नलिएको कल्पनाले प्रहरीसमक्ष बताएकी छिन् । ‘मलाई दुःख दिन आएपछि मैले हत्या गरेकी हुँ कल्पनाको भनाइ छ ।’ शव व्यवस्थापनमा भने उनकी १६ वर्षीया छोरीले सहयोग गरेको प्रहरीको भनाइ छ । कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील (गोप्य) अंगमा हिर्काउँदा ढलेको कल्पनाले बयान दिएकी छिन् । मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा हालेर सडक किनारमा फालेको कल्पनाले बताएकी छिन् । ह्यामर र दाउ बरामद प्रहरीले उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ । ह्यामर र दाउ खाटमुनी फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । कसैले थाहा पाएन ? २०७६ फागुन १ गते कल्पना किरण बस्नेतको घरमा डेरा सरिन् । उनको डेरा दोस्रो तल्लामा थियो, अर्थात हत्या भएको फ्ल्याट भन्दा ठिक तल्लो तल्ला । मध्यराति मान्छे मारेर काटेको आवाज पक्कै सुनिनुपर्ने हो । तर, घरधनी बस्नेतले पनि आफूले केही थाहा नपाएको बताए । प्रहरीले उनको घरको तेस्रो तल्लामा रहेको बन्द कोठाको ताला फुटाएर घटनास्थल पहिचान गरेको थियो । शव व्यवस्थापनपछि कोठामा ताला लगाएर कल्पनाले काठमाडौं छाडेकी थिईन् । कल्पना सार्वजनिक शनिबार राती भएको विभत्स हत्या प्रकरणमा आरोपी महिलाले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकी छन् । उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । हत्यामा आफूमात्रै संलग्न भएको पक्राउ कल्पना शाही भन्ने कल्पना मुडवरीले बयान दिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले चितवनबाट हिजो पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानमा कल्पना पौडेलको नामबाट ती महिलाले फेसबुकमा च्याट गरेको पाइएको छ ।