काठमाडौं -काठमाडौं उपत्यकाभित्र भदौ १५ गतेसम्म फुटपाथ र ठेलागाडामा गरिने व्यापारमाथी प्रतिबन्ध लगाइएको छ । उपत्यकाका सबै स्थानीय निकायका प्रमुखहरुको फोरमको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। ठेलागाडा र साइकलबाट गरिने व्यापारको संख्या ह्वात्तै बढेको र कोरोना संक्रमण फैलन सक्ने जोखिम उच्च रहेको भन्दै फोरमले उक्त निर्णय गरेको हो ।
फोरमले पीसिआर परिक्षण महँगो हुने र यसको नेगेटिभ परिणामले सँधैका लागि काम नलाग्ने निष्कर्श निकाल्दै परिक्षणभन्दा कोरोना संक्रमण फैलन नदिने उपायहरु अवलम्बन गर्ने निर्णय गरेको छ । यस्तै जुलुस, अनसन, भेलालगायत गतिविधीमा मानिसको बाक्लो उपस्थिती रहने भन्दै त्यस्ता गतिविधीलाई पुर्णरुपमा निषेश गर्ने निर्णय पनि भएको छ। सार्वजनिक स्थानमा भिडभाड हुने साँस्कृतिक गतिविधिमा रोक लगाउने पनि निर्णय भएको जनाइएको छ ।