कहिले सम्म बिल्ला भिर्ने लम्पसारको
वास्तविकता कसले चिर्ने लम्पसारको
बिकास प्रक्रियालाई अन्यत्र पन्छाएर
सुबिधा वृद्धिले मन पिर्ने लम्पसारको
कानुनभन्दा कुर्शी शक्ति हाबी भएपछि
के भ्रष्टचारको साख गिर्ने लम्पसारको
नव-महाराजको सेवा सुबिधा मिलेपछि
जनहितमा के ध्यान छिर्ने लम्पसारको
आफ्नो भन्दा छिमेकि हित चाहनेलाई
कति दिन तलबभत्ता तिर्ने लम्पसारको
माधव अधिकारी