काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ९० जना र ललितपुरका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३८० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको छ ।