eNepal

कोरोनाबाट जोगिन घर बाहिर जाँदा अपनाउनुस् यस्तो सावधानी

विश्वभर कोरोना भाइरसको लंक्रमण लगातार बढ्दै गइरहेको छ। संक्रमण मुक्त भएका क्षेत्रमा पनि पुन: कोरोना संक्रमण देखिन थालेको छ। कोरोनाकै कारण थुप्रै देशमा लामो समयदेखि लकडाउन जारी छ।

नेपालले पनि लामो समयसम्म लकडाउन गरेको थियो। अहिले नेपालमा पनि कोरोनाको संक्रमण उच्च गतिमा फैलिँदो छ। केही ठाउँमा निषेधाज्ञा जारि गरिएको छ भने कतै लकडाउन। यस्तो बेला विशेष सावधानी अपनाउनु नै ठूलो कुरा हो। त्यसैले कोरोनाको जोखिमबाट जोगिन घर बाहिर निस्किदा सधै अपनाउ यस्ता सावधानी:

सधै तातो पानी पिउने

तोतो पानीको सेवन प्रत्यक दिन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसले कोरोना संक्रमणबाट जोगिन पनि मद्दत गर्छ। तातो पानीले शरिरमा इम्युनिटी पावर बढाउने भएकाले स्वास्थ्यका लागि राम्रो मानिन्छ। शरिरमा प्रतिरोधात्मक क्षेमता भए कोरोना भाइरससँग लड्न मद्दत पुग्छ।

तातो पानीलाई सधै पिउनु पर्छ। घर बाहिर निस्किँदा पनि थर्मसमा तातो पानी बोकेर निस्किने गर्नुपर्छ। जसले गर्दा हाम्रो शरिरलाई फाइदा पुगोस्। यस्तो बेला संक्रमण हुनुभन्दा पहिले नै सावधानी अपनाउनु बुद्धिमानी हुन्छ।

शरीरमा प्रयाप्त पानीको मात्रा हुनु स्वास्थ्यका लागि निकै आवश्यक छ। त्यसैले बेला-बेला पानी पिउने गर्नुपर्छ।

बेसार राखेको दूध

बेसार राखेको दूध स्वास्थ्यका लागि निकै लाभदायक छ। यसले शरिरमा रोग प्रतिरोधात्म क्षेमता बढाउन सहयोग गर्छ।

बर्षातको समयमा त्यसै पनि बेसार राखेर दूध पिउनु राम्रो मानिन्छ। अहिले कोरोना कहर रहेको समयमा त झनै चिकित्सकहरूले नै बेसार राखेको दूध सेवन गर्न सल्लाह दिइरहेका छन्।

यसले संक्रमणबाट बचाउन सहयोग गर्ने भएकाले पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ। कोरोना संक्रमित भएकाले बेसार र दूध सेवन गर्दा निकै फाइदा पुर्याउँछ। यसले प्रतिरोधात्मक क्षेमता बढाउनले भएकाले भाइरसलाई प्रास्त गर्न सहयोग पुर्याउँछ। त्यसैले घर बाहिर निस्किँदा अवस्य बेसार दूधको सेवन गरौं।

माक्स र सेनिटाइजरको प्रयोग

कोरोना संक्रमणबाट जोगिने उत्तम विकल्प मध्येको एक हो सेनिटाइजर र माक्सको प्रयोग गर्नु। सधै घर बाहिर निस्किँदा अनिवार्य रुपमा यसको प्रयोग गर्नुपर्छ। सधै माक्स लगाउनुका साथै सेनिटाइजरको प्रयोग पनि उत्तिकै जरुरी छ।

बाहिर जाँदा अनावश्यक कुरालाई त्यत्तिकै छुनु हुँदैन। साना-साना कुरामा सावधानी अपनायौ भने हामी संक्रमणबाट जोगिन सक्छौं। स्वस्थ जीवननै सबैको पहिलो प्राथमिकता हुन जरुरी छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349