काठमाडौं -सोमबार स्थिर रहेको सुनको मूल्य आज वृद्धि भएको छ ।
आज प्रतितोला २ सयले वृद्धि भएर छापावाल सुन ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
मंगलबार तेजावी सुनको मूल्य ९९ हजार ३ सय ६५ रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ ।
चाँदी मंगलबार पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।