काठमाडौं -रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा सेवाग्राहीको प्रवेशमा पूर्ण रोक लगाउँदै ‘लकडाउन’ गरिएको छ ।
शुक्रबार दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै बग्गीखानाको ब्यारेकभित्र कार्यरत एसएसपी देखि ट्राफिक प्रहरी जवानसहित करिव ३ सय जना भन्दाबढीलाई क्वारेन्टाइनमा राखिएको छ।