eNepal

ओलि र प्रचण्डबीचको सम्बन्ध संवादहीन अवस्थामा

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा आन्तरिक विवाद चुलिंदै जाँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध संवादहीन अवस्थामा पुगेको छ ।

प्रधानमन्त्रीसमेत रहेको ओलीले मंगलबार एकपक्षीय रुपमा स्थायी कमिटि बैठक स्थगित गरेपछि विवाद थप चर्किएको हो ।

ओलीले बैठक स्थगित गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दाहाल पक्षीय भेलाले ओलीसँग संवाद गर्ने जिम्मेवारी दाहाललाई दिएपनि शनिबार साँझसम्म दुवै नेताबीच संवाद हुन सकेको छैन ।

दुई अध्यक्षको सहमतिमा सचिबालय बैठक राखेर विवाद सुल्झाउन पक्षमा केही नेता लागि परेका छन् ।

‘दुई अध्यक्षबीच संवाद हुन्छ । त्यसपछि मात्र सचिबालय बैठक बसेर सबै विषय टुंगो लगाउनुपर्छ’, सचिबालयका एक सदस्यले भने ।

उपाध्यक्ष बामदेव गौतम पनि विवाद सचिबालय बैठकबाटै टुङ्ग्याउने पक्षमा पुगेको स्रोतले बतायो । नागरिक दैनिकबाट

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349