eNepal

अगस्ट महिनाको लागि ज्योतिष राजु भेटवालले तयार पार्नु भएको राशिफल

मेषः केहि प्रयास गर्दा राम्रो क्यारियरहरु को अवसरहरू पाउन सक्नुहुन्छ। व्यापार मा अपेक्षित वृद्धि हुनेछ। कृषि क्षेत्र मा व्यवसाय गर्ने  व्यक्तिहरूले केही समस्याहरूको सामना गर्न पर्ने हुनसक्दछन्।सामाजिक कार्य मा मन जनेछ।शनी ग्रह को प्ररक्रमेश रहन ले काम काज मा पनि राम्रो सफलता मिल्ने छ। पद उन्नती को योग तथा नयाँ काम को अवसर प्राप्त हुनेछ।समाजमा उच्च व्यक्तिहरूमाझ सम्बन्ध बढ्नेछ।विवाह को लागि केही समय कुर्नु पर्ने देखिन्छ।राहु र शुक्र ग्रह को युती ले प्रेम सम्बन्ध मा केही अफजस र केही असफलता मिल्ने छ। अन्तरजातीय विवाह लाई परिवारको                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      सहमति हुन सक्छ।१६ तारिक पछी मंगल ग्रहको लग्न मा ग्रह को गोचर रहना ले चिन्ता र समस्याहरू देखिने छ र टाउको दु:खइ को समस्या र केही चोटपटक को पनि सम्भावना देखिन्छ।अगस्त महिना चार्टर्ड एकाउन्टेन्टहरूको लागि र कमर्स पढ्ने हरु को लागि सफलता मिल्ने छ।अप्रत्यसित बिदेश को यात्रा  पनि देखिन्छ तर पुर्व को यात्रा गर्दा सफलता मिल्ने छ। गुरु र केतु को भाग्य भाव मा रहन ले धर्मिक क्षेत्र को यात्रा शुभ रहने छ। तपाई नयाँ घरको निर्माण सुरु गर्न सक्नुहुन्छ। आफूलाई अनावश्यक चीजहरूमा फस्न नदिनुहोस्। सूर्य ग्रह को शुभ फल प्राप्त हुनेछ र  तपाईं परिवार योजना गर्न गर्न सक्नु हुनेछ । केही पारिवारिक सम्पत्ति मा विवाद आउन सक्छ।केही नयाँ सम्पत्ति जोडने योग पनि रहेको छ।र स्वस्थ्य मा कुनै नकरत्मक स्थिथी हुने छैन भाग्य ले पूर्ण रुपमा सहयोग गर्ने छ।१ र ८ अंक को प्रयोग रातो रङ शुभ रहने छ भने हनुमान देव को आराधाना गर्न ले मन मा शन्ती हुनेछ।

बृष: यो महिना तपाइको  आफ्नो जीवनसाथीको स्वास्थ्यको सवाल मा केही समस्या देखिन सक्छ र केही समय तपाईं ले पूर्ण देखभाल गर्नुपर्छ।नोकरीमा पुन: स्थापना हुने सम्भावना पूर्ण रुपमा देखिन्छ  छ।तर मन मा भने  अनौंठो प्रकार को डर भने कयाम नै रहने देखिन्छ गुरु र परिवार को मार्गदर्शन प्राप्त गर्नुहुनेछ। प्रेम सम्बन्ध उत्साहजनक हुनेछ।धन स्थान मा राहु शुक्र को स्थिथी रहना ले महिला वर्ग को लागि  केही छाला रोग लाग्न सक्छ र पुरुष मित्र को लागि भने आँखा सम्बन्धी केही समस्या आउने योग देखिन्छ।अध्ययनमा आउने अवरोधहरू केही हदसम्म समाप्त हुनेछन्। खर्च बढ्नेछ। परिवारमा आपसी सहयोग बढ्नेछ पिता को सहयोग प्राप्त हुनेछ।कार्यस्थलमा परिस्थिति अनुकूल हुनेछ। राजनीतिक व्यक्तित्वले जनताको समर्थन पाउने छन।तपाइ वाट  भाइबहिनीहरूले  मदत प्राप्त गर्नछन  । विवाहित जीवन केही असहज अवस्था आउने योग परेका ले बिचार गर्नु होला अन्यथा गलत निर्णय को शिकार हुने  समय रहेको छ।मंगल को ८ भाव मा दृष्‍टि र गुरु र केतु सँग को गमन ले १८ तारिक अगाडि केही वैवाहिक जीवन मा ससुराली पक्ष मा केही चिन्ता बड्ने देखिन्छ र केही गुप्त रोग ले दु:ख दिने, व्यवसायमा बाधा उत्पन्न हुनु का  साथै केही अपमान पनि भोग्नु पर्ने समय रहेकाले सजग हुनु होला।  महिनाको को अन्त्य तिर सबै महत्त्वपूर्ण कामहरू पूर्ण गर्नुहोस्। विवाहमा ढिलाइ हुन सक्छ। आपसी सहयोग र सद्भाव कायम राख्न कोसिस गर्नु होला  तपाईले उच्च शिक्षाको योजन गर्नु होल  । तपाईका साथीहरु धेरै सहयोगी हुनेछन्।आमाको स्वास्थ्यको ख्याल राख्नुहोस्।  बुबाको मार्गदर्शन ले मन को चिन्ता हटेर जनेछ।२ र ७ अंक र  सेतो रङ को प्रयोग गर्नु होला ।  दक्षिण, पश्चिम को यात्रा र श्री दुर्गा माता को आराधान गर्न ले लाभ प्राप्त हुने छ।

मिथुनः अगस्त महिना को लागी केही अवसरहरु खुल्ने छ ।सरकारी जागिरमा पदोन्नतिको संभावना छ रहेको छ प्रयास गर्नु होला ।  उच्च  पदका अधिकारीहरूसँग तपाईंको सम्बन्ध बलियो हुनेछ।आत्मविश्वास र साहस उच्च रहनेछ। सामाजिक गतिविधी मा तपाईं को सक्रियता देखिन्छ र प्रतिष्ठा सँग जोडीएका काम हरु गर्नु पर्ने देखिन्छ।महिना को पोहिलो दिन मै शुक्र ग्रह को लग्नन मा गोचर रहना ले केही कलाकारिता मा लग्नने कलाकार को लागि केही अवसर प्राप्त हुनेछ। साथै वित्तीय लाभ हुनेछ तर अचानक खर्च हरु ले दु:ख दिने पनि उतिकै छ। २ तारिक देखी १७ तारिक सम्म बक्री ग्रह ले केही मानसिक तनाव दिनेछ तनाब वाट मुक्त हुन को लागि योग ध्यान गर्नुहोला।महिनाको उत्तरार्धमा विद्यर्थी वर्ग का लागि उत्कृष्ट परिणामहरू प्राप्त हुनेछ।प्रेम जीवनमा साकारअत्मक हुनेछ।आफ्नो बुद्धिमत्तालाई राम्रो प्रयोगमा राख्न सक्नुहुनेछ।राहु को सप्तम दृष्‍टि  गुरु ग्रह र केतु सँग को सम्बन्ध ले केही वैवाहिक जीवन मा तनब हुने स्थिथी हुनेछ।साझेदरी व्यवसायमा केही घाटा र घात पनि हुने समस्याहरू, विशेष गरी पेट र  ग्यास सम्बन्धित समस्याहरूले यस महिना तपाईंलाई समस्यामा पार्न सक्छ खानपिन मा बिशेष ध्यान दिनु होला। लामो समय देखी अड्केका काम हरु  पूर्ण हुन सक्छ।केहि सल्यकृया को योग पनि रहेको छ चिकित्सक सँग छलफल गरेर सल्यकृया गर्दा शुभ नै रहने छ।८ भाव मा रहेको स्वोग्रही शनी ने कनुनी कुरा मा अप्रत्यसित जीत पनि दिने पनि देखिन्छ।आफु भन्दा साना लाई माया र ठुला लाई सम्मन गर्नु होला।अनी १६ तारिक पछी मंगल् ग्रह लाभ स्थान मा स्वोग्रही अवस्था रहने भएकाले यो महिना तपाईं का लागि राम्रो अवसर को महिना रहने छ।३,६ अंक पहेलो रङ पश्चिम दिशा को यात्राा र श्री गणेश जी जि को आराधान गर्नु होला।

कर्कटः यो महिना तपाईंको लागि मिश्रित समय रहेको छ।भाग्य भन्दा मेहेनत लाई भरोसा गर्नु होला ।केही आम्दनी को वाटो खुल्ने देखिनु क साथै केही बसाइ सराइ को पनि योग देखिन्छ।भौतिक आनन्दतिर झुकाव रहनले आफुलाई मन पर्ने समान हरु खरिद गर्ने योग परेको छ।गुमेको पैसा प्राप्त हुने पनि समय रहेकाले ले प्रयास गर्नु होला।साथी भाई हरु सँग लामो यात्रा नगरनु होला आफ्नो गोप्यनियता को पनि ख्याल गर्नु होला बिशेष गरी महिला वर्ग को लागि केही अपजस काम गर्नु पर्ने हुँदा ध्यान दिनु होला तही पनि १६ तारिक पछी भाग्य तपाईंको पक्षमा रहनेछ ।गरेका कार्य हरु सफल हुनेछ।धार्मिक कार्य मा सफलता मिल्ने देखिन्छ र केही राम्रो लगानी योजनाहरु सफल हुनेछन् तही पनि गुरु ग्रह को बक्री अवस्था ले  केतु सँग को युती ले गर्दा आर्थिक गतिविधी चलयमान भए पनि जीवनमा केही आर्थिक समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ।कार्यस्थलमा लाभ र पदउन्नती को सम्भावनाहरू छन्। सही रणनीति र योजनाको साथ कार्य सफलतापूर्वक कार्यान्वयन हुनेछ। सरकारी काम ले लाभान्वित हुने ।देखिन्छ। विद्यर्थी वर्ग को लागि मेहेनत गर्नु पर्ने र विध्या मा बाधा देखिन्छ।वैदेशिक क्षेत्र मा सफलता मिल्न अली गार्हो देखिन्छ।कानूनी विवाद वा अदालतको फैसला तपाईंको पक्षमा आउन सक्छ। हरेस नखोल्नुहोस् र आफ्नो लक्ष्य पूरा गर्न कोसिस गरिरहनुहोस्। मधुमेहबाट पीडित व्यक्तिहरूले केही समस्याहरूको सामना गर्न सक्छन्।  शत्रुहरूले तपाइँलाई केहि समस्याहरू सिर्जना गर्न सक्दछन्। अनावश्यक रूप मा विवाद झमेला  नगर्नुहोस्।आमा को स्वस्थ्य र आफ्नो दात सम्बन्धी दु:खले हैरान पर्ने देखिन्छ।पूर्व, दक्षिण को यात्राा शुभ रहने छ ४ अंक र सेतो रङ को प्रयोग गर्नु होला र यो महिना शिव जि को आशिर्वाद प्राप्त हुने छ।

सिहः लामो समयदेखि रहेका समस्याहरूबाट मुक्त हुनुहुनेछ। प्रतिस्पर्धी परीक्षामा सफलता प्राप्त गर्न सक्नुहुन्छ।निर्णय गर्न सक्ने छेमता केही कमजोर हुने भने चै देखिन्छ तर पनि तपाईं को निर्णय लिने कुरा मा साथीभाइ को पूर्ण सहयोग प्राप्त हुनेछ।अगस्ट १ देखी १५ केही नयाँ प्रोजेक्ट सुरू गर्ने समय रहेको छ ।कार्यस्थलमा केही विवाद उत्पन्न भए पनि माथिलो तह का कर्मचारी ले तपाईं को पछ रहनेछन्। आफन्तहरूसँग सकारात्मक सम्बन्ध कायम राख्नुहोस्। केही आँखा सम्बन्धित समस्या हुन सक्छ।जीवन साथीको भाग्य संक्रमणकालीन अवस्थाबाट गुज्रनेछ।नयाँ कलात्मक सीपहरू सिक्ने प्रयास गर्नुहुनेछ।धार्मिक गतिविधिहरूमा सहभागिता बढाउन सक्नुहुन्छ।बक्री गुरु को लगन मा दृष्‍टिले गज्केशरी योग निर्माण गर्ने भएकाले प्रोमोसोन को योग पूर्ण रुपमा देखिन्छ।भुमी र कृषि क्षेत्रमा केही फाईदा हुने देखिन्छ।खोज अनुसन्धान को क्षेत्र मा तपाईं लाई सफलता मिल्ने छ।कुनै पनि सधान किन बेच १६ देखी ३१ अगस्त सम्म जोड दिनु होला। राजनीतिक क्षेत्र को ब्यक्ती हरु को लागि समय राम्रो देखिदैन।५ भाव मा गुरु र केतु को युती केही सन्तान को कुरा मा अली होसियार हुनु पर्ने देखिन्छ।तर पनि बच्चाहरु ले जीवनमा प्रगति गरिरहेको देखेर तपाईं गर्व महसुस गर्नुहुनेछ।अनिद्रा वा निद्रा को वारे मा चिन्तित हुनु हुनेछ।शनी को ६ भाव मा योग करक स्थिथी का कारण ले स्वस्थ्यमा कुनै पनि प्रकार को दु:ख दिने देखिदैन तर शनी को दृष्‍टि सुर्य ग्रह सँग रहनले केही मुटु र रक्त रोग सँग सम्बन्धित समस्या ले केही दु:ख दिने देखिन्छ।कनुनी कुरा मा तपाईं को जीत हुनेछ।शत्रु हरु वाट तपाईं लाई कुनै प्रकार को दु:ख नदिने देखिन्छ।दम्पत्य सुख प्रेम सम्बन्ध राम्रो रहने छ।बिदेश यात्रा यो टाईम केही अशुभ रहने छ।माता पिता को आशिर्वाद मिल्ने छ।पुर्व दिशा को यात्रा ५ अंक र गोल्डेन रङ को प्रयोग र श्री विष्णु नारायण भगवान को आशिर्वाद मिल्नेछ।

कन्याः परीस्थिथी र कारणबश केही आफ्नो काम छोड्नु पर्ने स्थिथी देखिन्छ केही बिरोजगारी को समस्या यथावत नै रहने देखिन्छ र नयाँ काम प्राप्त गर्ने २२ अगस्त सम्म केही कुर्नु पर्ने देखिन्छ।बच्चाहरूको बारेमा थोरै चिन्तित हुनुपर्ने देखिन्छ।लाभ भाव मा सुर्य बुध आदित्य योग ले सरकारी जागिर प्रबेश को योग पनि उतिकै सम्भावना देखिन्छ २२ तारिक पछी।१६ तारिक पछी सुर्य को आफ्नै स्वग्रही गोचर ले केही राजनीतिक क्षेत्र मा सफलता दिलए पनि केही प्रकारको  चोटपटक लाग्न सक्छ होसियार हुनु होला।जीवन साथी ले आफ्नो क्यारियर मा सफलता प्राप्त गर्दछ। आन्तरिक पारिवारिक विवादको संभावना छ। महिनाको उत्तरार्धमा, मानसिक तनाव र पारिवारिक समस्याहरू बढ्नेछन्। तपाईंले कार्यस्थलमा धेरै कडा परिश्रम गर्नुपर्नेछ। व्यवसायमा अवस्था सुधार हुनेछ। तपाईंको व्यवहार राम्रो राख्नुहोस्।अचल सम्पत्ति प्राप्त गर्न सक्ने योग परेको छ साथै नयाँ घर को किनबेच या त भुमी मा राम्रो मुनफा हुने देखिन्छ प्रयास जारी राख्नु होला यो महिना बिदेश मा गरिने कुनै पनि योजन सफल हुनेछ। आर्यत निर्यात व्यवसाय मा भने केही घाटा हुने देखिन्छ। बिदेश यात्राा को पनि उतिकै सम्भावना देखिन्छ।पेट र विकार को समस्या ले सताउने छ खानपिन मा बिशेष ध्यान दिनु होला।२४ तारिक पछी हतार मा कुनै पनि निर्णय लिदा बुवा आमा र गुरु हरु को सल्ल्लाह ले मात्र निर्णय गर्नु तपाईं का लागि राम्रो हुनेछ। विद्यर्थी वर्ग को लागि कडा मेहेनत गर्नुपर्ने देखिन्छ।सेटल्मेन्ट को योग का लागि केही प्रयास गर्नु पर्ने देखिन्छ।भगवान प्रती को आस्था कम हुनेछ।माया प्रेम मा सफल हुन को लागि साथी भाई को सहयोग प्राप्त हुनेछ।कोस्मेटिक ब्यापार मा केही नफा हुने देखिन्छ।गुमेको पैसा फिर्ता पाउन मुस्किल रहने छ। दाजु भाई सँग को सम्बन्ध केही कम्जोर रहने छ आफु भन्दा सानो उमेर को भाई लाई केही कम्जोर बनाउने स्थिथी रहेकले भाई को विशेस ख्याल गर्नु होला।लामो दुरी को यात्राा गर्दा होसियार रहनु होला। ३,८ अंक हरियो रङ र दक्षिण दिशा शुभ रहने छ र भगवान श्री गणेश को जाप ध्यान कर्म गर्नु होला।

 तुलाः आफ्नो क्षमता राम्रो फाइदा उठाउन हुनेछ। पूरै महिना स्वास्थ्य दृष्टिकोणबाट अनुकूल हुनेछ।धार्मिक समारोहहरू सञ्चालनमा रुचि लिनुहुनेछ।योजना बनाउन सक्नुहुन्छ र अचानक यस महिना केही व्यवसाय सुरु गर्न सक्नुहुन्छ। सरकारी सम्बन्धित काममा आउने अवरोध समाप्त हुनेछ।जागिर पाउनको लागि सबै प्रयासहरू सफल हुनेछन्।अगस्त १ देखी १६ सम्मानित हुन सक्नुहुनेछ।शनी को शस योग मार्फत यो महिना बिदेश मा गरिने कुनै पनि प्रकार को सेटेल्मेन्ट को कार्य हरु सफलतापुर्वक सम्पन्न हुनेदेखिन्छ।ब्यापार मा सवै प्रकार को लाभ प्राप्त हुने देखिन्छ।दिदी बहिनी हरु सँग सम्बन्ध राम्रो बनाउने तिर ध्यान दिनु होला।कनुनी कुरा मा तपाईं लाई सफलता मिल्ने पकै देखिन्छ।तर केही पारिवारिक सम्पत्ति मा बिवाद भने कयम नै रहने देखिन्छ।यो महिना तपाईं का लागि केही नयाँ ब्यक्ती जोडीन आउनु हुनेछ जस्ले तपाईं लाई दिर्गकालिन फाईदा हुने देखिन्छ।महिना को मध्य तिर भन्ने रुचक राजयोग ले विध्या मा उन्नती हुनेछ।टेक्निकल र अनुसन्धान को क्षेत्र मा तपाईं ले ठुलो सफलता हसिल गर्नुहुनेछ।जिव बिज्ञान र चिकित्सक बिज्ञान मा पनि ठुलो सफलता मिल्ने देखिन्छ।कलाकारइता क्षेत्र मा भने केही अवरोध देखिन्छ नयाँ काम प्राप्त गर्न केही चाकरी पनि पर्ने देखिन्छ।प्रकृतिक प्रकोप जस्ता कुरा हरु वाट केही दु:ख डिणे समय रहेको छ। भुमी र वहान सुख यो महिना पनि कयम नै देखिन्छ।शनी को लगन मा चन्द्रमा सँग को दृष्‍टि ले गर्दा केही अचानक गलत निर्णय को शिकार हुने देखिन्छ १७ तारिक देखी ३१ तारिक सम्म सोचेर मात्र निर्णय लिनु होला। आमाको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।चिसो जस्तै मौसमी रोगहरूमा तथा सरुवा रोग वाट विशेस सबधानी रहनु होला।धार्मिक कुरा मा तपाईं को रुची कम रहने छ।महिना को  अन्त्य तिर केही उपहार पनि प्राप्त हुने रहेको छ भोज भातेर हुने अवसर प्राप्त हुनेछ।२,७ अंक सेतो रङ र पश्चिम दिशा शुभ रहने छ र माता दुर्गा पाठ गर्दा राम्रो रहने छ

बृश्चिकः महिनाको सुरवात तपाईंको लागि केही शुभ समाचार प्राप्त हुने देखिन्छ।आफुले चहेका सवै काम हरु सफलता पुर्वक नै सम्पन्न हुनेछ।निर्माण क्षेत्र मा तपाईं का लागि केही पूर्ण सफलता हुन को लागि केही महिला मित्र र सहकर्मी को ठुलो सहयोग प्राप्त हुनेछ।सामाजिक तथा परोपकार कार्य मा मन जनेछ।आर्थिक गतिविधी बडने देखिन्छ केही आफ्नो सन्चित रकम को केही दुरुप्रयोग हुने सम्भावना धेरै नै रहन्छ र केही निर्णय लिने कुरामा  कम्जोर बनाउने छ। सुर्य मंगल् को नवम पञ्चम राज योग ले केही सैनिक सेवा मा कार्यरत ब्यक्तीहरुको लगी ठुलो सफलता मिल्ने देखिन्छ र पद उन्नती को पनि सम्भावना देखिन्छ बिदेश को यात्रा को अवसर पनि प्राप्त हुनेछ।पिता को पद उन्नती ले मन प्रसन्न हुनेछ।गुरु को स्वग्रही धन भाव केतु सँग युती रहन ले केही धनमाल हराउन सक्ने प्रवाल सम्भावना देखिन्छ।आफ्नो महत्वपूर्ण कुरा हरु साथी भाई हरु सँग सियर नगरनु होला।कसै लाई कुनै पनि प्रकार को सुझाव र भाषा शैली मा ध्यान दिनुहोला।कनुनी रुपमा केही झमेला रहनले राम्रो कनुनी परमर्श लिएर मात्र अगाडि बड्नु होला।केही ब्यक्ती हरु का लागि झुटो आरोप ले गर्दा मानसिक असर देखिनेछ।केही ब्यक्ती हरु ले जेल जीवन पनि भोग्ननु पर्ने देखिन्छ।वैवाहिक र प्रेम जीवन मा समय राम्रो छ।विध्या मा केही अवरोध छ प्रयास जरी राख्नु होला।आफ्नो जीवन साथी को हक मा केही स्वस्थ को कुरा मा केही कमजोर रहन सक्छ माया र हेरविचार गर्नु होला।केही अचानक धन प्राप्त को योग लाई पनि नकार्न सकिदैन तर केही दुर्घटना को पनि योग रहेकाले सबधनी रहनु होला।महिना को अन्त्य तिर केही सियर बजार वाट शुभ समाचार प्राप्त पनि हुने देखिन्छ।विदेश यात्राा को योग कयाम नै रहन्छ।खेल क्षेत्र का खेलाडी हरु लाई सफलता मिल्नेछ। कुकुर बिरालो जस्तो घर पलुवा जनवार वाट केही होसियार हुनुपर्ने देखिन्छ। आत्यधिक टाउकोको दु:खइ रहनेछ। १,८ अंक रातो रङ र पूर्व, उत्तर शुभ रहने छ। श्री हनुमान जी को आशिर्वाद प्राप्त हुनेछ।

धनुः झुटो बोल्ने केही करणले मनसिक तनाब ले दिर्गकालिन असार गर्ने छ।पुरानो समस्या ले पुन सताउने देखिन्छ।आर्थिक सम्बन्धी समस्या ले यो महिना पनि केही दु:ख दिने छ।आर्थिक क्षेत्र वाट केही ताकेता ले गर्दा मन बिचलित हुने देखिन्छ।महिना को सुरवात देखी नै स्वस्थ सम्बन्धी केही कुरा मा खर्च हुने योग लाई पनि नकार्न सकिदैन।लगन मा रहने हश योग ले महिना को मध्य तिर सझेदरी ब्यापार मा राम्रो प्रतिफल दिनेछ विदया मा मन जनेछ र केही राम्रो अवसर पनि प्राप्त हुने छ।गुरु चन्द्र को गज्केशरी योग ले गर्दा महिना क् अन्त्य तिर तपाईं लाई केही शुभ समाचार प्राप्त हुनेछ।यो महिना कुनै पनि घर घडेरी र भुमी को लगनी म फाईदा हुने नदेखिएकले केही समय थाती राख्नु उत्तम हुनेछ।केही शत्रु हरु हात धोएर पछी लागने छन बिचार  गर्नु होला।वैवाहिक जीवन को लागि प्रस्तव आउने देखिन्छ तर लभ प्रेम सम्बन्ध को हक मा चै यो महिना राम्रो सन्केत देखिदैन।घर मा कोही सदस्य को वारे केही चिता थपिनेछ।दात र शरीर चिलाउने जस्ता केही समस्या ले दु:ख दिने कायम नै रहन्छ र दाजु भाई हरु सँग को केही सम्पत्ति विवाद रहने भएकाले सम्बन्ध मा केही फाटो देखिनेछ।वैदेशिक रोजगार मा रहने ब्यक्ती ले यो महिना केही रोजगरी गुमाउने छन र नयाँ काम प्राप्त गर्न केही समस्या रहने छ।यो महिना भाग्य ले खासै आफ्नो साथ मा नहुने भएकाले होसियार रहनु नै आफ्नो जीत रहनेछ।९,१२ अंक पहेलो र पुर्व शुभ रहने छ र श्री विष्णु नारायण को पूजा र भक्त्ती भाव ले राम्रो फल प्राप्त हुनेछ।

मकरः व्यावसायिक जीवनमा आफ्नो कुशल प्रबन्धकीय कौशलको कारणले रोजगारी कम्पनीमा उत्कृष्ट रिजट दिन सकिने छ।आईटी र ई-वाणिज्य उद्योगका लागि विशेष अनुकूल हुनेछ र एही अध्ययन गर्ने विद्यर्थी को लागि राम्रो सफलता मिल्ने छ।सबै इच्छित कार्यहरू पूर्ण हुनेछन्।शिक्षाको हकमा समय राम्रो नै देखिन्छ  महत्वपूर्ण प्रगति हासिल गर्नुहुनेछ।तर पैसाको अनावश्यक खर्च हुने समय रहेको छ आफुलाई धर्य राख्नुहोस्।जीवन साथी र वैवाहिक जीवनमा एकअर्का भावनाहरूलाई महत्त्व दिनुहोस्।केह।रुचक निर्माण हुने भएकाले समय र परिस्थिति अनुसार उपयुक्त निर्णय लिनुहुन्छ।विरोधीहरू आँफै सम्झौता गर्न आउनेछन।सामाजिक कार्य ले समाज मा तपाईं को कद बढ्नेछ।आफ्ना सन्तान हरु को प्रगतिमा खुसी दिलाउनेछ।प्रेम प्रेमिक सँग को लामो तथा रमाइलो यात्रा हुनेछ र प्रेम सम्बन्ध को हक मा समय राम्रो नै रहेको छ। स्वस्थकर्मी र चिकित्सक हरु ले सम्मन पाउनु हुनेछ घर मा कुनै प्रकार को मंगलिक कार्य हुनेछ।दजु भाई सँग को सम्बन्ध राम्रो दिदी हरु सँग केही मन मुटाब रहने छ भने बुवा को काम मा केही अबरोध आउने रहेकाले ध्यान पुर्वक काम गर्नु उचित रहने छ।दुग्ध करोवार गर्ने हरु को लागि समय केही खरव रहेकाले ले भावना मा कुनै पनि निर्णय नलिनु नै उचित हुनेछ। महिना को अन्त्य तिर केही नचाहिदो क्षेत्र मा लगनी गर्दा थोरै ध्यान दिनु होला कुनै पनि उधारो व्यवसाय नगरद उचित हुनेछ।महिना को अन्त्य तिर तपाईं ले लगनी गरेको सियर बजार वाट सफलता मिल्न अली काम स्थिथी देखिन्छ।आफ्नत सँग यो महिना कुनै पनि लेनदेन को करोवार नगरनु होला अन्यथा सम्बन्ध बिग्रिने अवस्था हुनेछ।स्वास्थ्य को कुरा मा केही समस्या हुने योग परेको ले योग ध्यान कर्म गर्नु होला।१०,११ आसमानी रङ दक्षिण शुभ रहने छ।भगवान शिव जि को आराधाना गर्नु होला।

कुम्भः यो महिना सुरवात मै केही नयाँ प्रेम सम्बन्ध को प्रस्तव आउने देखिन्छ।सुर्य मंगल् पञ्चम राज योग को का कारण बिशेस गरी साझेदारी व्यपार मा केही मुनफा हुने समय रहेको छ।राहु र शुक्र ग्रह को मुलत्रिकोण भाव मा ग्र्ह को अवस्था रहना ले बिशेष गरी विद्यर्थी वर्ग को लागि शुभ रहनेछ तर आत्मबिश्वासमा भने केही कमि भने चै पूर्ण देखिन्छ।आफ्नो वाणी लाई केही अनुशासन मा राख्नु पर्ने देखिन्छ।सुरूको केही हप्ता ड्राइभ गर्ने क्रममा अतिरिक्त होशियार हुनुपर्छ।केही दुर्घटन को योग नकार्न सकिदैन। १६ देखी २२ अगस्त सम्म कार्यस्थलमा केही नयाँ जिम्मेवारीहरू प्राप्त गर्नु हुनेछ।घर घडेरी तथा केही सामान खरिद बिक्री गर्दा सफलताको सम्भावना बढी छ। तपाईंको विरोधीहरू तपाईंको अगाडि कमजोर हुनेछन्। उच्च पदका अधिकारीहरू तपाईसँग खुशी हुनेछन्।महंगा गहना र अटोमोबाइल खरीद गर्न केही सन्चित रकम खर्च हुनेछ।२२ अगस्त पछी भूमि सम्बन्धी मामिलामा हतार नगरदा तपाईं को जीत हुनेछ।वैदेशिक करोवार गर्ने हरु का लागि समय उत्तम छैन। सरकारी जागिर तथा असाय सेवा मा तपाईं का लागि केही अवसर प्राप्त हुनेछ।घरमा रहेका केही असक्त सदस्य हरु को सेवा गर्दा तपाईं को मन प्रसन्न हुनेछ।धार्मिक गतिविधी बड्ने छ र तीर्थस्थलको भ्रमण गर्न सक्नुहुन्छ। परीक्षामा अपेक्षित सफलताको सम्भावना हुन्छ।अनुभवी व्यक्तिहरूबाट मार्गदर्शन प्राप्त गर्नुहुनेछ। अनैतिक अभ्यासहरूबाट टाढा रहनुहोस् किनकी तपाईंलाई केही कनुनी झमेला को योग पनि देखिन्छ होसियार रहनु होला।केही महिला साथी हरु ले तपाईं लाई महिना को अन्त्य तिर दु:ख दिने समय रहेकले त्यो कुरा मा नि तपाईं ले केहीओ सबधानी रहनु पर्ने देखिन्छ।खेल कलाकारिता र धार्मिक कार्य गर्ने ब्यक्ती का लागि केही आभियोग पनि लागने देखिन्छ। १० र ११ अंक पश्चिम र भगवान शिव जि को आराधान गर्दा शुभफल प्राप्त हुनेछ।

मीनः महिनाको सुरवात देखी नै पारिवारिक बातावरण उल्लशमय रहनेछ केही भोजभतेर र पारिवारिक मिलन हुने समय रहेको छ र घर मा केही मंगलिक कार्य हरु आयोजना हुनेछ।व्यवस्थापन र प्रशासनमा काम गर्ने हरु का लागि उपलब्धिहरूको पूर्ण हुनेछ पद उन्नती का लागि अवसर प्राप्त हुने छ।आय मा केही रकम थपिने छ।साथै केही नयाँ चीजहरू किन्न पैसा खर्च गर्न सक्नुहुन्छ र मनमिल्ने ब्यक्ती वाट उपहार पनि प्राप्त हुने समय रहेको छ।तपाईको व्यावसायिक जीवनले यस महिनामा पूरै अप्रत्याशित मोड लिन सक्छ।केहि रोकिएका काम हरु र परियोजना सुरु हुन सक्छ।कुनै पनि बैंक का कामहरु गर्दा बिशेष सबधानी रहनु होला ।आर्थिक क्षेत्रमा विभिन्न स्रोतहरूबाट पैसा कमाउनुहुनेछ। आईटी र इलेक्ट्रोनिक्ससँग सम्बन्धित व्यवसायले राम्रो मुनफा प्राप्त हुनेछ।विवाहित व्यक्तिहरूको रोमान्टिक समय रहनेछ।गर्व को योजना बनाउदा समय राम्रो देखिन्छ।१६ अगस्त देखी केही बेइमानी ब्यक्ती हरु वाट रहनु होला र सियर बजार मा कुनै पनि लगनी गर्दा धेरै लोभी हुनु राम्रो हुँदैन।रोजगरी गर्ने श्रमिक को हक मा केही दबाब महसुस हुनेछ।महिला हरु गोप्य रोग का करण ले केही चिन्ता थपिने छ भने पुरुष वर्ग का लागि ढाड र हाड्जोर्नी को समस्या वाट केही समस्या आउन सक्ने देखिन्छ।केही महिना को अन्त्य तिर केही अप्रेसन को पनि योग नकार्न सकिदैन।रक्तचाप भएका मानिसहरूले यस महिना आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नु पर्छ हरेक चरणमा सावधान रहन आवश्यक छ। महिना को मध्य तिर अनावश्यक यात्रा गर्नु पर्ने रहन्छ। र धुम्रपान र गलत संगत वाट जोगिनु होला।बिदेश मा गरिने कुनै पनि सेटेल्मेन्ट को कार्य हरु मा रोकवाट साथै केही अनावश्यक झन्झाट आउने देखिन्छ।बुवा आमा को आशिर्वाद प्राप्त गरी गरिएका सवै कार्य हरु मंगल् हुनेछ।उत्तर दिशा ९ र १२ पहेलो रङ को प्रयोग उत्तम रहनेछ भनेश्री विष्णु नारायण को आराधाना गर्नु होला

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349