eNepal

मेल्बोर्न नेप्लीज कम्युनिटी पश्चिमले नेपाली भाषाको कक्षा सन्चालन गर्ने

image

अस्ट्रेलीयामा नेपालीहरु ईस्थाई रुपमा बसोबास हुने क्रम दिनानु दिन बड्दो रुपमा रहेको छ।बसोबाससँग सँगै आफ्ना सन्तानको भविस्य प्रति चिन्ता बड्नु पनि स्वभाबिकनै हो। कतै गैर नेपाली भाषाको प्रभावले आफ्ना छोरा छोरीहरुले आफ्नो मौलीक भाषा,कला अनि सँस्कृती बिर्सने पो हुन् कि भन्ने अहिले अबिभावकहरुलाई चिन्ताको बिषय बनेको छ।

यसैलाई मध्य नजर लगाउँदै मेल्बोर्न नेपाली समाज पश्चिमका केही सृजनशिल युवाहरुको अगुवाईमा न्याभ बाल चौतारी पश्चिम सन्चालन हुने भएको छ।नेप्लीज एसोशियसन अफ भिक्टोरीया(न्याभ)को सहकार्यमा मेल्बोर्न नेपाली समाज पश्चिमले आगामी नयाँ बर्ष जनावरी ७ बाट नेपाली कक्षा सन्चालन गर्न लागेको हो।

हिजो भएको अबिभावकसँगको साक्षत्कार कार्यक्रममा अभिभावकहरुको उपस्थिती राम्रै रहेको थियो। करिब २७ जना भाईबहिनीहरुले कक्षाको लागि आफ्नो नाम दर्ता गराएका थिए भने ५२ जना ईच्छुक भएको अविभावकहरुले जनाएका थिए।लगभग साढे घन्टा हुने कक्षामा ४०-४० मिनेटको कक्षा सन्चालन हुने आयोजकले जनाएका छ।

न्याभको तर्फबाट कार्यक्रम शुरुवात गर्दै डा.अनुपम पोखरेलले एमएनसी वेस्टले गरेको यो कदमको प्रसँशा गर्दै यसमा न्याभले सहकार्य गर्न पाएकोमा खसी व्यक्त गर्नु भयो साथ साथै आगामी दिनहरुमा बालचौतारीका शाखाहरु बिस्तार गर्दै राज्य स्तरमानै नेपालकै मापदण्ड अनुरुप पाठ्यक्रम बनाएर लैजाने योजना रहेको बताउनु भयो।

एमएनसी पश्चिमका तर्फबाट बोल्दै डा. युगेन्द्र रेग्मीले मुलत: यो कक्षा सन्चालन सफल बनाउनुमा अविभावकहरुको मुख्य हात रहेको बताउनु भयो। साथ साथै मेल्बोर्नमा रहेका अरु नेपाली भाषाका कक्षा सन्चालन गर्दै आएका प्रेस्टोन बाल चौतारी र हाम्रो नेपाली पाठशालाको सहकार्यमा साझा पाठ्यक्रम बनाएर लैजाने भावी निती रहेको बताउनु भयो।

प्रेस्टोन बाल चौतारीका तर्फबाट सुरेन्द्र सेडाई र पिताम्बर कोईरालाले सहभागिता जनाउँदै यस कार्यको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो।हाम्रो नेपाली पाठशाला चलाउँदै आउनु भएको कुसुम पोखरेलले अहिले रहेको पाठ्यक्रममा केही परिमार्जीत गर्नु पर्ने छ भने सबैको सल्लाह अनुसार सबैलाई समेट्न सक्ने पाठ्यक्रम बनाएर लैजान सक्ने कुरा बताउनु भएको थियो।समाजका अगुवा नारायण काफ्लेले कक्षा सन्चालनको लागि चाहिने निती नियमहरुको बारे प्रस्ट्याउनु भएको थियो। न्याभका तर्फबाट स्वेता बोहोरा र एमएनसी पश्चिमका तर्फबाट सङ्कर थापाले कार्यक्रको व्यबस्थापन गर्नु भएको थियो।

बाल चौतारीको शुरुवाती दिनमा भोगेका अनुभवहरु साट्दै मेल्बोर्न समाजका अग्रज बम योन्जनले स्वेमसेवकहरुको सहयोगबाट मात्र यो कार्य आजको दिन सम्म आएको र यसलाई निरन्तरता दिन जुन एमएनसि पश्चिमले यो कार्यको थालनी गरेकोमा शुभकामना दिदै आफुले पुर्ण रुपमा सहयोग गर्ने र कदमकदाचीत कक्षा सन्चालन गर्न ठाउँ अभाव भएको खण्डमा सेन्टर अस्ट्रेलियन कलेज उपलव्ध गराउने कुरा बताउनु भयो जसलाई उपस्थिती सवैले प्रशँसा गर्नु भएको थियो।

केही महिना अगाडी एमएनसी पश्चिम वेस्टको बाल चौतारी खोल्नको लागि एक साँस्कृतीक कार्यक्रम भएको थियो जसबाट उठेको केही रकम अनि न्याभको सहकार्यमा भिक्टोरीयन बहुसाँस्कृतीक केन्द्रबाट आएको रकमबाट यसलाई आगामी ७ जेनवरीबाट ६० जना क्षमताको हल लिई सकेको बताउँदै एमएनसी पश्चिमका डा.युगेन्द्र रेग्मीले अव सबैको सहयोग भयमा यसलाई भविस्यमा अझ बडि परिमार्जीत गर्दै लैजाने बताउनु भयो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349