पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको च्याम्पियन बनेको छ । शुक्रबार राति भएको खेलमा ९० मिनेट सम्मा दुबै तर्फ गोल नभई अतिरिक्त समय ३० मिनेट थपियो अतिरिक्त समयमा पनि दुबै तर्फ गोल नभए पछि पेनाल्टि सुट अाउटमा पुग्यो र लियोनलाई ६–५ ले गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
यससँगै पीएसजीले सिजनको तेस्रो उपाधि जित्दै फ्रेन्च फुटबलमा दवदवा कायम गरेको छ । पीएसजीले यसअघि फ्रेन्च लिग वानकोउपाधि र कप डि फ्रान्सको उपाधि आफ्नो पक्षमा पारिसकेको थियो ।
अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टाकोसामना गर्दैछ ।