काठमाडौं – इनफ इज इनफका अभियन्ताहरुलाई प्रहरी पक्राउ गरेको छ । सरकारविरोधी प्रदर्शनका लागि जाने क्रममा उनीहरुलाई बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रन्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्ती शशिविक्रम कार्की, वृतान्त खनाल, सुदन गुरुङलगायत छन् । उनीहरुलाई काठमाडौंको फरक-फरक स्थानबाट प्रहरीले पक्राउ गरेको अभियन्ता हरिष भट्टले बाह्रखरीलाई जानकारी दिए ।
उनीहरु १२ बजेको पूर्वनिर्धारित शान्तिपूर्ण प्रदर्शनका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटर जाँदै थिए ।
इनफ इज इनफका अभियन्ताहरुले पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वारेन्टिन बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत माग राखेका छन् । यही मागसहित इनफ इज इनफ अभियन्ता १४ दिनदेखि सत्याग्रहमा छन्