eNepal

डा.केसी तिमी एक्लो छैनौ, हामी तिम्रो साथ छौ

हाम्रो निम्ति गुणस्तरीय स्वास्थ्य सेवाको माग राख्दै अनशनरत डा. गोविन्द केसीको अनसनको आज २०औं दिन पुगिसकेको छ। हाम्रो लागि निस्वार्थ भावनाले लडि रहनु भएका ब्यक्तिको स्वास्थ्यमा थपिदै गएको चुनौती हामी सबैको लागि चिन्ताको विषय हो। त्यसैले, समय आइसक्यो, डा.केसीले उठाउनु भएको मागमा दबाब दिन हामी सबैले एकमत भएर आवाज उठाउदै उहाँको मुद्दामा अझ बढी साथ र समर्थन दिनैपर्छ।

जवसम्म हामी एकजुट भएर परास्त गर्दैनौ, तबसम्म देशमा स्वास्थ क्षेत्रको भबिस्य झन् झन् कहालीलाग्दो स्थितिमा पुग्नेछ। त्यसैले अब हामी मुलुकको यो दर्दनाक अवस्थाप्रति बेखबर भएर रहने स्थिति छैन। अब नगरे कहिले गर्ने र हामीले नगरे कसले गर्ने भन्ने सोचले देशको स्वास्थ क्षेत्रमा ब्याप्त भ्रष्टाचार बिरुद्ध अनसनरत डा.गोबिन्द केसिलाई हामी सम्पुर्ण युवाशक्तिले राजनैतिक दल,संघ र भातृसंगठन भन्दा माथी उठेर साथ र समर्थन दिनुपर्ने अबस्थामा छौ। हाम्रो सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव छ। एउटाको प्रयासले केही हुनेवाला छैन भनेर आश मार्नु हुँदैन। थोपा-थोपा मिलेर नदी बन्छ भने हामी सबैको सानो प्रयासले पनि देशमा आमूल परिवर्तन हुनसक्छ। त्यसैले देशको स्वास्थ्य क्षेत्रमा देखिएको घिनलाग्दो राजनैतिक संस्कार,अन्याय एवं भ्रष्टाचार विरुद्ध एक भएर समाजलाई जागरुक बनाउ !!

सरकारको कर्तव्य जनताको भलाई गर्नु तथा जनताका समस्याहरुको पहिचान गरि समाधान गर्नु हो। यहाँ त डा.केसीले स्वास्थ्य क्षेत्रमा भएका समस्या उजागर गरि दिंदा पनि सरकार कानमा तेल हालेर बसेको छ। अझ उक्त ब्यक्तिले उठान गरेको स्वास्थ्य क्षेत्रको बिकृति, कुसंस्कार,भ्रष्टाचार जस्ता समस्याहरुको सुनुवाइको लागि अनसनरत व्यक्तिको ज्यान नै जाने स्थिती हुँदा समेत ध्यान नदिनु संवेदनहीनताको उदाहरण हो।

केसीले उठाउनुभएका मुद्दासँग जोडिएका विभिन्न ब्यक्ती तथा समूहका स्वार्थको निम्ति हरेक पटक कार्यान्वयन गर्ने झुठो आश्वासन दिने तर कार्यान्वयनको समयमा सदैव धोका दिने काम भइरहेको छ। यो राष्टको निम्ति दुर्भाग्यपुर्ण कुरा हो। निष्पक्ष तथा कानुनको दायरामा रहेर यस समस्याको हल खोज्न नसक्नु हाम्रो राजनीति ब्यबस्थाको लाचरीपनको उदाहरण हो। जनहितको निम्ति भन्दा केही ब्यक्तिको स्वार्थपुर्ति गर्ने परिपाटीले देश कता जादैछ र देशमा कुन कानुनी ब्यबस्थाले राज गर्दैछ भन्ने प्रश्न हो !!

डा.गोविन्द केसीले उठानु भएको मुद्दा तत्काल सम्बोधन गर्नु बाहेक अन्य विकल्प छैन। निस्वार्थ भावनाले प्रेरित एक वरिष्ठ चिकित्सकको जीवन नै जोखिममा पर्न गएको छ। भोलि, डा.केसीको ज्यान तलमाथि भएको खण्डमा उहाँका समर्थकहरु तथा जनतालाई संयम राख्न मुस्किल हुनेछ। देशमा एक किसिमको द्वन्द्वको शुरूवात नहोला भन्न सकिन्न। अनि सरकारलाई त्यो सामना गर्न मुस्किल पर्नेछ। त्यसैले सरकार र राजनीति पद्धतिमाथि धावा बोल्ने परिस्थिति उत्पन्न हुनु पुर्व नै संयमितताको साथ यस समस्याको समाधान खोज्नु बाहेक सरकार तथा राजनैतिक दलहरुसँग अर्को कुनै उपाय नै छैन।

माधव अधिकारी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349