एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले संसारले कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने बताएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा डब्लुएचकोका प्रमुख टेडरोस अधानोम गेहब्रेयससले आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि आवश्यक सावधानी अपनाउँदै जानुपर्ने बताएका हुन् ।
हज यात्रामा साउदी अरेबियाले प्रतिबन्ध लगाएकोमा प्रशंसा गर्दै उनले कोरोना नियन्त्रणका लागि कडा कदम उठाउनुको विकल्प नभएको पनि स्पष्ट पारे । प्रमुख टेडरोसले युवाहरुपनि संक्रमणको जोखिममा रहेको भन्दै सावधानी अपनाउन आग्रह गरे ।