काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बिहीबार नयाँ रेकर्ड कायम गरेर प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको प्रतितोला मूल्य ९९ हजार रुपैयाँ पुगेको छ । हिजो प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको थियो । तर, आज तोलामा ५ सय रुपैयाँ बढेको छ ।
योसँगै नेपाली बजारमा सुनको भाउले किर्तिमान कायम गरेको छ । अब सुनको मूल्य प्रतितोला एक लाख पुग्न १ हजार रूपैयाँ मात्र बाँकी छ ।
यही रफ्तारमा मूल्य बढ्दै गए अबको केही दिनमा प्रतितोला एक लाख पुग्ने निश्चित छ । चाँदी तोलाको १२ सय २५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ ।