eNepal

४ महिनादेखि बन्द रहेका होटल, रेष्टुरेन्टहरु आजदेखि संचालनमा

काठमाडौं -लकडाउनका कारण ४ महिनादेखि बन्द रहेका होटल, रेष्टुरेन्टहरु आजदेखि संचालनमा आएका छन् । सरकारले साउन १५ गते अर्थात् आजदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि आजदेखि होटल रेष्टुरेन्ट खोल्ने तयारी गरेको व्यवसायीले बताएका छन् ।

कोरोना संक्रमण फैलन सक्ने सम्भावना कायमै रहेको भन्दै सामूहिक भोज, पार्टी, सेमिनार तथा भेलाहरु भने गर्न निषेध गरिएको छ । व्यवसाय गर्ने हिसाबले भन्दा पनि लामो समयको बन्दाबन्दीबाट सामान्य अवस्थामा फर्किन होटल तथा रेष्टुरेन्ट संचालन गर्ने तयारीमा रहेको होटल एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए। ठूला भन्दा पनि साना तथा मझौला रेष्टुरेन्टहरु बढि खुल्ने उनले बताए ।

कोरोना भाइरसको जोखिम झनै बढ्दै गएकाले सुरक्षा सर्तकता अपनाएर खोल्न लागिएको शाहले जानकारी दिए। सरकारले आजदेखि होटेल रेष्टुरेन्ट सञ्चालनका साथै पर्यटकीय गतिविधि पनि गर्न दिने निर्णय गरेको छ। पर्यटन व्यवसायीहरुले पनि आजदेखि आफ्ना गतिविधि सुरु गर्ने तयारी गरेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349