इटालियन सिरी ए लिगको च्याम्पियन युभेन्टसले लिगको ३७औं साताको खेलमा नमिठो हार भोगेको छ । बिहीबार बिहान भएको खेलमायुभेन्टसलाई १४औं स्थानको क्याग्लिअरीले २–० ले स्तब्ध बनायो । प्रमुख खेलाडीसहित क्याग्लिअरीको घरेलु मैदानमा उत्रिएकोयुभेन्टसले खेलभरि नै कमजोर प्रदर्शन गर्दा अप्रत्यासित हार भोग्न बाध्य भयो ।