काठमाडौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जना व्यक्तिको मृत्यु भएको छ। बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो । उनीहरू दुबै जना पर्साका हुन्। यो संगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।