eNepal

जात्राले सबैको मन जित्दै,अव पालो मेल्बोर्नको (ट्रेलर सहित)

आजकाल नेपाली चलचीत्रको दोस्रो ठुलो बजारको रुपमा अस्ट्रेलीयालाई लिने गरिएको छ। नेपालीहरुको बढ्दो आगमनसँगै नेपाली चलचीत्र हेर्ने दर्शकहरुको सङ्ख्या पनि क्रमिक रुपमा बृद्धी हुँन थालेको छ। पछिल्लो समय नेपाली रजतपटमा राम्रो र उत्कृस्ठ व्यबसाय गर्न सफल नेपाली चलचीत्र जात्रा ८ डिसेम्बरका दिन पर्थ र सिड्नीको सफल प्रदर्शन प्रस्चात मेल्बोर्नमा लाग्ने मेल्बोर्न बितरक एबिसीडी अस्ट्रेलीयाले जनाएको छ। सोच्दै नसोचेको घटनाले जीवनलाई कसरि परिवर्तन गर्छ भन्ने कुरालाई बडो हाँस्यस्पद तरिकाले यस चलचीत्रमा प्रस्तुत गरिएको छ।

पुर्ण रुपमा कमेडी जात्रा समाजको बास्तविक भोगाई र कल्पनाको सचित्र व्याख्या हो।असनको गल्ली भित्रको तिन पसलेहरुको सपना, सङ्घर्ष र तिता मिठा भोगाई भित्रको कथा हो जात्रा।

बिगत लामो समय देखी मह सन्चारसँग आबद्द प्रदीप भट्राईले निर्देशन गरेका जात्रामा स्वम् आफैले कथा, पठकथा र सम्बाद लेखेका हुन्।चलचीत्र सफल हुनलाई सुपरस्टार नायक र नायीका चाँहिदैन यदि कथामा यथार्थ छ अनि कलाकारले कथालाई न्याय दिएका छन् भने।हो! यसैको ज्वलन्त उदाहरण हो नेपाली हाँस्य रसले भरिपुर्ण चलचित्र जात्रा।

अहिलेका प्राय दर्शकहरुबाट रुचाईएका कलाकार रबिन्द्रसिङ बानीयाँ, बिपीन कार्की, रबिन्द्र झा, बर्षा रावतको मुख्य अभिनय रहेको चलचीत्र जात्रा भित्रका हरेक पात्रले पुर्ण रुपमा न्याय गरेको छन्। मेल्बोर्नको सिनेमा नोभा काल्टनमा ८ डिसेम्बर बिहीबार साँझ ६:३०मा जात्रा प्रदर्शन हुने भएको छ।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349