काठमाडौं -कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा छुट्टाछुट्टै ठाउँमा पहिरो जादाँ ९ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–७ भाटगाउँको बाकाँमा पहिरो जाँदा एकै घरका ७ जनाको मृत्यु भएको भने गाउँपालिको –४ नं. वडा माझगोठीमा २ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–७ बाँगाका गंगे बुढाको घर पहिरोले पुर्दा ७ जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोले घर पुर्दा ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रीका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भएको हो । गंगे बुढाको ११ जनाको परिवार मध्ये घर बगाउने समयमा चार जना भाग्न सफल भएको उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीले बताए । यस्तै नरहरिनाथ गाउँपालिका–४ को माझगोठीमा बाले बुढाको घर भत्कदाँ दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।