eNepal

आवतजावत ठ्प्प भएपछि आज नेकपा स्थायी कमिटीको बैठक बस्नु अगाबै दुई अध्यक्षको भेट्वार्ता हुदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदै छ । आज बस्ने तय भएको स्थायी कमिटी बैठकअघि दुई नेताबीच भेवार्ता हुन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ । यसअघि नेकपाको स्थायी कमिटी बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

दुई अध्यक्षबीच अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुँदैछ । त्यसका लागि अध्यक्ष दाहाल बालुवाटार पुग्दैछन् । दुई नेताबीच आजका लागि बोलाइएको स्थायी कमिटी के गर्ने भन्ने विषयमा छलफल हुन सक्ने बताइएको छ। गएको १० असारबाट शुरू भएको स्थायी कमिटी बैठक पार्टीभित्र विवाद बढेपछि स्थगित हुँदै आएको छ ।

आजको बैठक पनि बस्ने, नबस्ने टुङ्गो छैन । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको राजीनामाको विषयमा प्रवेश गराइएपछि नेकपामा विवाद उत्पन्न भएको हो। त्यसयता नेकपा नेताहरूले समूहगत भेलादेखि सचिवालय बैठकसम्म गरेका छन् । तर, ठोस निकास निक्लिएको छैन ।

अध्यक्ष दाहाल र वरिष्ठ नेताद्वय झलनाथ खनाल एवं माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग रोखका छन् भने प्रधानमन्त्री ओली विकल्पबिनै कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन् ।

स्थायी कमिटी बैठकपछि दुई अध्यक्षबीच पटक पटक भेटवार्ता भएका छन् । दुई नेताबीच मन माझामाझको कोशिस पनि भयो । तर, सुध्रिएको सम्बन्धमा पुष्पलाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष दाहालले दिएको अभिव्यक्तिपछि पुनः दरार आएको छ ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349