eNepal

कालिकोटको रास्कोट नगरपालिकामा पहिरोमा परेर पाँच जना बेपत्ता

कालिकोट : कालिकोटको रास्कोट नगरपालिका एक वडालतोलामा पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय जयबहादुर शाहीको ३ जनाको परिवार र दुईजना पाहुना बेपत्ता भएका हुन् ।

बेपत्ता सबैको खोजी भैरहेको छ । बेपत्ता भएका शाहीको तीन जनाको परिवार बाहेक अरु २ जनाको ठेगाना खुल्न सकेको छैन । पहिरोको कारण अन्य ३ वटा घर र एक स्कुलपनि जोखिममा परेको छ ।

रास्कोट–१, मुर्मास्थित टप्केबगरमा टेक टमाटाको घरमा माथिबाट पहिरो खस्दा छोरी १८ वर्षीया यशुदा र पाहुना आएकी ८० वर्षीया मैतडा टमाटा घाइते भएकी छिन । सानीत्रिवेणी–७ का महावीर शाहीको घरमा पनि पहिरोले एकजनालाई पुरेको छ ।

रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा रहेका दुई वटा पुल पनि बाढीले बगाएको छ । बाढीले एउटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको हो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349