बागलुङ – अविरल वर्षासँगै पहिरो जाँदा बागलुङमा ३ बालबालिका र १ महिलाको मृत्युु भएको छ । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ खौलेसुमाङमा घर पुरिँदा २ जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा स्थानीय पानबहादुर बिकका १३ बर्षिय छोरा खिम वहादुर बिक ११ बर्षिय छोरी रिता बिक रहेकी छिन ।
यसैगरी निसिखोला गाउपालिका वडा नं १ मा घर पुरिदा स्थानीय कमल परियारका ३ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नं छ को खोला किनारमा ५२ बर्षिय महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।