eNepal

एकपटक जानैपर्ने ठाउँ , मनै लोभ्याउने इलामको चिया बगान

इलाम -कार्पेट बिच्छ्याए झैँ थुम्का-थुम्कामा चिया बगान । लस्करै धुपीका बोट । नाकबेली बाटो । इलाम भन्नसाथ तपाईंको स्मृतिमा यस्तै दृश्य सल्बलाउन थाल्छ । हो पनि, इलामको खास चिनारी चिया बगान नै हो । कलकलाउँदो चिया बगान देखेपछि आगन्तुकहरु हुरुक्कै हुन्छन् ।

पाखाभरी चिया, खोल्साभरी अलैंची, कान्ला-कान्लामा अकबरे र अदुवा । दोबाटोभरी दुध बोकिरहेका घोडाका लस्कर । इलाम यस्तो क्यानभास हो, जसमा पौरखी हातहरुले जतनकासाथ कुची चलाएका हुन् । सायद यसैले त कवि भूपी शेरचनलाई फुरेको हुनुपर्छ, ‘देशभर नै अली-अली इलाम छरिदिन मन लाग्यो ।’

चिसो सिरेटो, क्षण-क्षणमा बहकिने भुँइकुहिरो । इलामको मौसम पनि आगन्तुकसँग लुकामारी खेले झै लाग्छ ।

सुरम्य चिया बगान इलामको खास सौन्दर्य हो । यसलाई थप कोरीबाटी गरिदिएको छ, अलैंची, अम्लिसो, अदुवा र अकबरेले । कृषि उपजको हिसाबले इलामलाई ‘पाँच अ’ (अर्थोडक्स चिया, अकबरे, अम्लिसो, अदुवा, अलैंची)को जिल्ला पनि भनिन्छ । इलामेलाई पौरखी र समृद्ध बनाउने पनि यिनै हुन् ।     

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349