eNepal

नेकपा स्थायी कमिटीको बैठक आज बस्दै , के बैठकले सकारात्मक निर्णय गर्ला?

काठमाडौं- सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज (मंगलबार) बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको छ।

पार्टीभित्रको विवादका कारण यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठक मंगलबार भने सूचारु हुने बताइएको छ । तर नेताहरुबीच कुनै सहमति भने हालसम्म जुट्न सकेको छैन । पार्टीभित्रको प्रचण्ड–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले नमाने पनि मंगलबारको बैठक नरोक्ने जनाएको छ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी समिति बैठक अब नरोक्ने र आवश्यक परे केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी एक साथ अघि बढाएका छन्।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको थियो । छलफलमा दाहालसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए।

दाहाल नेपालमा खेमामै रहेका भनिएका वामदेव गौतम र रामबहादु थापा बादल सहभागी नभएको दाहालको सचिवालयले जनाएको छ।

स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका भन्दै बैठक लगातार स्थगित हुँदै आएको छ।

दाहाल नेपाल पक्षले बहुमतका आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव स्थायी समितिमा पेश गर्ने तयारी थालेको स्रोतको दाबी छ।

स्थायी समिति बैठक अनिश्चित भइरहेका बेला विवाद समाधानका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने तयारीसमेत हुन थालेको छ।

दाहाल नेपाल पक्षीय एक चौथाई केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठक बोलाउनका लागि हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349