काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त भएका छन् । खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्रिपरिषद्को आज बसेको बैठकले निवर्तमान सदस्यसचिव सिलवाललाई नै नियुक्त गरेको हो ।
सिफारिस गरिएको भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई उछिन्दै सिलवाल सदस्य सचिव भएका हुन । उनले मंगलबार रोखेपमा पुगेर पदभार ग्रहण गर्ने बताइएको छ । त्यस्तै बैठकले राखेपको उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ ।