eNepal

सुनको मुल्य इतिहासकै उच्च , आज कति मुल्यमा करोबार हुँदै

काठमाडौं -नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेकोे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १२ गते सोमबार सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ तथा चाँदी एक हजार २१० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य एक हजार २ सय तथा चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो।आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ३ सय, तेजाबी ९८ हजार ८६० तथा चाँदीको भाउ प्रतितोला एक हजार १५५ रुपैयाँ थियो। ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएकाले एक लाख रुपैयाँसम्म पुग्ने व्यवसायीको अनुमान छ । सरकारले सुनमा गरेको भन्सार वृद्धि र अन्तर्राष्ट्रिय बजारमा शेयर मूल्यसमेत घट्दै गएकाले सुनमा लगानी बढ्दै गएको छ । सरकारले बजेटमार्फत प्रति दशग्राम सुनमा २ हजार रुपैयाँ भन्सार बढाएको थियो ।

हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको जानकारहरुको भनाइ छ । अमेरिकी केन्द्रीय बैंकले बन्ड रकममा दिँदै आएको ब्याजदर घटाएकाले पनि सुनको मूल्य बढेको व्यवसायीको भनाई छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349