काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरू दाहाल निवास खुमलटारमा जम्मा भएका छन् ।
स्थायी कमिटी बैठकको रणनीति तय गर्न अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीइतरका स्थायी कमिटी सदस्यहरू प्रचण्ड निवासमा भेला भएका हुन् । पार्टीभित्र देखिएको गतिरोधको निकासका विषयमा छलफल गर्न आफूहरू भेला भएको प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।
गएको १० असारबाट शुरू भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक अवरुद्ध हुँदै आएको छ । बैठक भोलि बिहान ११ बजेका लागि तय भएको छ । स्थायी कमिटी बैठक चलिरहेकै बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजीनामाको विषय प्रवेश भएपछि नेकपाभित्र विवाद चर्किएको छ ।
दुई अध्यक्षबीच चरण चरणमा छलफल भएपनि ठोस निकास निक्लिएको छैन । नेताहरूले सार्वजनिक मञ्चबाटै एकअर्काविरुद्ध अभिव्यक्ति दिएपछि विवाद झन् चर्किएको छ। दाहाल–नेपाल समूह अध्यक्ष ओलीलाई दुवै पदबाट हटाउन चाहान्छन् भने ओली कुनैपनि हालतमा राजनीनामा नदिने अडानमा छन् ।