eNepal

वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ६५ वर्षीय वृद्धको आज बिहान मृत्यु

काठमाडौँ – वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ६५ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको छ ।

नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ती वृद्धको मृत्यु भएको हो । मधुमेह र मुटुरोगबाट पीडित उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो ।

उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन । नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा लगिएको थियो । हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै उनलाई गण्डक अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको गण्डक अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

गण्डक अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचार गर्दागर्दै आइतबार बिहान ६ः४० बजे उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा। उदयनारायण सिंहले जानकारी दिए ।

उनी वीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए । कारोना रोगको संक्रमण बढ्न थालेपछि शनिबारदेखि वीरगञ्जमा निषेधाज्ञा लागु गरिएको छ । गण्डक कोभिड अस्पतालमा ५३ जनालाई भर्ना गरेर उपचार भइरहेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349